सडक सञ्जालले जोडियो रसुवाको नागुङगाउँ

मंसिर १९, रसुवा । जिल्ला सदरमुकाम नजिकै रहेपनि भौगोलिक विकट रहेको नागुङगाउँ सडक सञ्जाल जोडिएको छ । लामो समयको प्रयासपछि यस वर्ष उपभोक्ता समितिमार्फत गोसाइँकुण्ड गाउँपालिकाले कृषि सडक निर्माण गरी नागुङवासीको सपना पूरा गरेको हो । शनिवार गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङलगायत स्थानीय तहका नेता तथा कार्यकर्ता चढेको सरकारी सवारी साधन नागुङगाउँमा पुग्दा स्थानीयवासीले स्वागत गरेका थिए ।  सो अवसरमा गाउँपालिका प्रमुख तामाङले जनताको चाहना र आवश्यक्तालाई दृष्टिगत गरी कृषि सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको र सडकका बीच भागमा पर्ने खोलाको पुल एवम् नाली निर्माणलगायत कालोपत्र गर्ने काम बाँकी भएकाले थप व्यवस्थापनका लागि आफूले सहयोग गर्दै जाने बताए । सदरमुकामबाट तीन घण्टा पैदलयात्रा गर्नुपर्ने नागुङगाउँमा मोटरबाटो निर्माणपश्चात अब २० मिनेटमा पुगिने जानकारी दिइएको छ । स्थानीयवासी छिरिङसाङ्वो तामाङनले नागुङगाउँ सडक सञ्जालसँग जोडिएकामा खुशी व्यक्त गरे ।  धुञ्चेबाट चार किलोमिटरको छोटो दूरी रहे पनि उकाली, ओराली र भिरपहरा भएका कारण पैदलयात्रासमेत निकै कठिन थियो । गोसाइँकुण्ड गाउँपालिकाको रू. ५० लाख अनुदान र स्थानीय बासिन्दाको रू. चार लाख बराबर जनश्रमदानबाट निर्माण भएको सो कृषि सडकबाट ५० घर परिवारलाई यातायातको सुविधा पुगेको बताइन्छ । लक्षित कार्ययोजना अनुरूप सो सडकमा गाउँपालिकाले गत वर्षबाटै केही लगानी गरी यस वर्ष पूरा गराएको हो । दश वर्ष अगाडिबाट निर्माण शुरू भएको प्रयास बल्ल पूरा भएको नागुङवासीले जानकारी दिएका छन् । सडक निर्माणबाट कृषि उपज बजारमा पुर्‍याउन, विकास निर्माण एवम् खाद्यान्न सामग्री ढुवानी गराउन र बिरामी पर्दा एम्बुलेन्स झिकाउन अत्यन्तै सहज समेत भएको उनीहरुले बताएका छन् । अगामी दिनमा सडक मर्मतसम्भारलाई विशेष ध्यान दिइने स्थानीयवासी ग्यालदोर्जे तामाङले बताए । रासस

सम्बन्धित सामग्री

७७ वटै जिल्लामा सडक सञ्जाल विस्तार, राष्ट्रिय सञ्जालमा जोडियो हुम्ला

नेपालका ७७ वटै जिल्लाहरूमा सडकको राष्ट्रिय सञ्जाल विस्तार भएको छ । सडको ट्र्याक खोल्न सुरु भएको झण्डै एक दशकपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।

७७ वटै जिल्लामा सडक सञ्जाल विस्तार, राष्ट्रिय सञ्जालमा जोडियो हुम्ला

नेपालका ७७ वटै जिल्लाहरूमा सडकको राष्ट्रिय सञ्जाल विस्तार भएको छ । सडको ट्र्याक खोल्न सुरु भएको झण्डै एक दशकपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।

राष्ट्रिय सडक सञ्जालसँग जोडियो गोठी गाउँ

सिमकोट – सर्केगार्ड गाउँपालिका– ५ को गोठी गाउँमा पहिलो पटक गाडी पुगेको छ। गाउँका स्थानीयको वर्षौंदेखि गाडी देख्ने सपना यतिबेला पूरा भएपछि बाजागाजासहित खुसीयाली मनाएका हुन्। उक्त गाउँका स्थानीय जैमल शाहीले वर्षौंदेखिको घरआँगनमा सडक सञ्जाल जोडिएको हेर्ने चाहना पूरा भएको भन्दैै यसबाट हरेक कुरामा सहज हुने बताए। गाउँका ज्येष्ठ नागरिकलाई यसरी सडक सञ्जाल चाँडै जोडिएला […]

सडक सञ्जालले जोडियो बागलुङको बडिगाड

वलेबा । ५ वर्षअघिसम्म सवारीसाधन भेट्न पाँच ५ घण्टा लामो यात्रा गरेर खर्वाङ पुग्ने समिर पुन अहिले आफ्नै दैलोबाट सवारी चढ्छन् । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीका स्थानीय पुनले घर छेवैमा पुगेको सडकमा गुडेका सवारी देख्न थालेको धेरै भएको छैन । सिसाखानीमा पुगेको सडकले पुन र उनका गाउँलेलाई निकै सघाएको छ । सिसाखानीका सबै टोलमा अहिले सडकको पहुँच छ । कच्ची सडकको पहुँच गाउँसम्म पुगेपछि गाउँले खुशी छन् । मानिसहरू ओहोरदोहोरका लागि मात्रै होइन, यहाँका सर्वसाधारणले खाद्यान्नलगायतका सामग्री गाउँ पुर्‍याउन निकै लामो समय सास्ती खेपे । घोडा, खच्चड र भरियाको भरमा गाउँमा खाद्यान्न तथा उपभोग्य सामान पुर्‍याउने यहाँका सर्वसाधारण अहिले आफ्नै घरदैलोमा पिकअप भ्यान र ट्रयाक्टरबाट सामान झार्छन् । ‘मूल्य सस्तो, समयको बचत, सडक आएपछि त निकै सजिलो भएको छ’, पुनले भने, ‘यति छिट्टै सडक आउला भनेर सोचिएकै थिएन ।’ बडिगाड साविकका सात गाउँ विकास समितिलाई जोडेर बनेको हो । साविक जिल्ला विकास समिति र गाविस हुने बेला कठिन भूगोल रहेको बडिगाड ओझेलमा परेको थियो । स्थानीय तह गठनपछि गाउँपालिकाको नजर पुगेको सिसाखानीमा सडक सञ्जालको विकास निकै छोटो समयमा भएको स्थानीयवासीको बुझाइ छ । वडिगाडका सिसाखानीसहित रणसिंहकिटेनी, दर्लिङलगायतका साविकका गाविसमा अहिले सडक सञ्जालले सहज बनाएको छ । सडकको सहज पहुँचपछि मात्र अन्य विकासका गतिविधि सञ्चालनमा सहजता हुने भएकाले पालिकाको १० ओटै वडा केन्द्रसँगै पालिका र केन्द्रसँगको सडक सञ्जाल जोडिएको बताइएको छ । ‘सडक पहुँच पुगेको छ’, स्थानीयवासी पुनले भने, ‘यातायात, स्वास्थ र अन्य पूर्वाधारका क्षेत्रमा पनि सहज भएको महसुस गरेका छौँ ।’ ‘विकासले हाम्रो उठिबास लगायो, तर गाउँपालिकाको साथले हामीले वास पाएका छौँ’, वडिगाड गाउँपालिका–९ की बाटुली विकले भनिन, ‘सडक निर्माण गर्दा जोखिममा परेको हाम्रो गाउँ र घर अर्को ठाउँमा सरेको छ, अहिले ढुक्क छ । रासस

सडक सञ्जालले जोडियो बागलुङको बडिगाड

वैशाख २२, वलेबा । ५ वर्षअघिसम्म सवारीसाधन भेट्न पाँच ५ लामो यात्रा गरेर खर्वाङ पुग्ने समिर पुन अहिले आफ्नै दौलोबाट सवारी चढ्छन् ।  बागलुङको वडिगाड गाउँपालिका–३ सिसाखानीका स्थानीय पुनले घर छेवैमा पुगेको सडकमा गुडेका सवारी देख्न थालेको धेरै भएको छैन । सिसाखानीमा पुगेको सडकले पुन र उनका गाउँलेलाई निकै सघाएको छ । सिसाखानीका सबै टोलमा अहिले सडकको पहुँच छ । कच्ची सडकको पहुँच गाउँसम्म पुगेपछि गाउँले खुशी छन् ।  मानिसहरू ओहोरदोहोरका लागि मात्रै होइन यहाँका सर्वसाधारणले खाद्यान्नलगायतका सामग्री गाउँ पुर्‍याउन निकै लामो समय सास्ती खेपे । घोडा, खच्चड र भरियाको भरमा गाउँमा खाद्यान्न तथा उपभोग्य समान पुर्‍याउने यहाँका सर्वसाधारण अहिले आफ्नै घरदैलोमा पिकअप भ्यान र ट्रयाक्टरबाट सामान झार्छन् । ‘मूल्य सस्तो, समयको बचत, सडक आएपछि त निकै सजिलो भएको छ’, उनले भने, ‘यति छिट्टै सडक आउला भनेर सोचिएकै थिएन् ।’ वडिगाडका साविकका सात गाउँ विकास समितिलाई जोडेर बनेको हो । साविक जिल्ला विकास समिति र गाविस हुने बेला कठिन भूगोल रहेको बडिगाड ओझेलमा परेको थियो ।  स्थानीय तह गठनपछि गाउँपालिकाको नजर पुगेको सिसाखानीमा सडक सञ्जालको विकास निकै छोटो समयमा भएको स्थानीयवासीको बुझाइ छ । वडिगाडका सिसाखानीसहित रणसिंहकिटेनी, दर्लिङलगायतका साविकका गाविसमा अहिले सडक सञ्जालले सहज बनाएको छ । सडकको सहज पहुँचपछि मात्र अन्य विकासका गतिविधि सञ्चालनमा सहजता हुने भएकाले पालिकाको १० ओटै वडा केन्द्रसँगै पालिका र केन्द्रसँगको सडक सञ्जाल जोडिएको बताइएको छ ।  ‘सडक पहुँच पुगेको छ’, स्थानीयवासी पुनले भने, ‘यातायात, स्वास्थ र अन्य पूर्वाधारका क्षेत्रमा पनि सहज भएको महसुस गरेका छौँ ।’  ‘विकासले हाम्रो उठिबास लगायो, तर गाउँपालिकाको साथले हामीले बास पाएका छौँ’, वडिगाड गाउँपालिका–९ की बाटुली विकले भने, ‘सडक निर्माण गर्दा जोखिममा परेको हाम्रो गाउँ र घर अर्को ठाउँमा सरेको छ, अहिले ढुक्क छ । रासस

स्थानीय तहको पाँच वर्ष: जनप्रतिनिधिको पहिलो प्राथमिकतामा सडक

सदरमुकाम खलंगा लगायतका केही बस्ती कर्णाली राजमार्गले छोइसकेको थियो। जुम्लामा २०६३ सालमा सडक सञ्जाल संग जोडियो। सडक नहुँदा अधिकांश ग्रामिण क्षेत्रका नागरिकले कष्टकर जीवन जीउन बाध्य थिए। जनप्रतिनिधिले सडकको विकास भएपनि मात्र अन्य क्षेत्रको विकास हुने भन्दै ...

डोटीको सहजपुर–बोगटान सडकको ट्र्याक ३५ वर्षपछि जोडियो

असोज ४, डोटी । जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करीब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रू. तीन करोड ८३ लाखका लागतमा सो सडक निर्माण गरिएको थियो ।   बहुप्रतिक्षित बोगटान सडकको ट्र्याक आइतवार जोडिएपछि यहाँका नागरिकमा निकै खुसियाली छाएको छ । उक्त सडक खड्काकृष्ण, बंगलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरुपमा निर्माण गरेका थिए  । विसं २०४३ देखि सडक निर्माण शुरुआत भएको बताइएको छ ।   बडिकेदार गाउँपालिका–१ का रोजबहादुर कलले भने, ‘वर्षौं पछिे सडकको ट्र्याक जोडिएको छ, अब हामीले पनि घरैमा गाडी चढ्न पाउने भए, योभन्दा अरु खुसी के नै होला र ।’ बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले अगामी दिनमा सडकको स्तोन्नतिका लागि गाउँपालिकाले लगानी गर्ने बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास योजना ताकिएकै समयमा निर्माण सम्पन्न गर्न पटकपटक निर्देशन दिएका थिए ।   सो गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले भने, ‘मुख्यमन्त्रीज्यूले पनि तोकिएको समयमा काम नसके कारबाही गर्ने निर्देशन दिए, हामीले पनि पालिकाको तर्फबाट आवश्यक सहयोगसहित अनुगमनलाई तीव्र बनाएपछि काम सम्पन्न भएको हो ।’ प्रदेश सरकारको प्रदेश गौरवको सडकमा समेत समावेश भएको सहजपुर–बोगटान सडकको ट्र्याक जोडिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए । उनले भने, ‘कच्ची ट्र्याक  जोडिएको छ, अब कालोपत्रका लागि पहल गर्नुपर्छ ।’  कैलालीको सहजपुर, विपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर जोडिने उक्त सडकको ट्र्याक  जोडिएपछि यहाँका नागरिकलाई आवागमनमा सहज भएको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।  उनले भने, ‘कच्ची ट्रयाक जोडिएको छ, यहाँका हजारौँ नागरिकलाई यातायात सुविधासहित राहत हुने भएको छ ।’ उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडिकेदार, केआइसिंह, जोरायल गाउँपालिकाका तथा दिपायल सिलगढी नगरपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन् भने अब यहाँका किसानले उत्पादन गरेका वस्तुले बजार पाउने भएका छन् ।  सडक सञ्जाल जोडिएपछि उत्पादित वस्तुले बजार पाउने र किसानको आयस्तर वृद्धि हुने जनाउँदै किसान बढी खुसी भएको स्थानीयवासी टक्करबहादुर कलेलले बताए । जिल्लाको बोगटान क्षेत्र अदुवा, अमिलो, बेसार तथा सुन्तला उत्पादनका लागि प्रख्यात ठाउँका रूपमा चिनिँदै आएको छ । यो सडक डोटीको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा पुरानो र ठूलो सडक हो ।  विसं २०१५ पछि धनगढीबाट दिपायलका लागि यो सडक  काम सुरु गरिएको थियो । ‘धनगढी–दिपायल (डिडी) सडक’ को नामले निर्माण शुरु भएको सडक विगतमा पहुँचका आधारमा ‘धनगढी–डडेल्धुरा–दिपायल (डिडीडी)’ नामकरण गरेर निर्माण गरिएको नेपाली कांग्रेस नेता दीपककुमार विष्टले जानकारी दिए ।  विसं २०४३ मा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङालीसहित डोटीका साविकका दश गाविस जोडेर दिपायल पुग्ने गरी यो सडकको निर्माण शुरु भएको थियो । तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति हाल प्रदेश सभासदस्य भरतबहादुर खड्काले उक्त सडकको शिलान्यास गरेका थिए । रासस

दैलेखको तीन स्थानबाट जोडियो कर्णालीका पाँच जिल्लासँग सडक सम्बन्ध

कर्णाली प्रदेशका पाँचवटा जिल्ला जोड्नका लागि दैलेखका तीनवटा स्थानहरूबाट सडक सञ्जाल जोडिएको छ । सडक