बिओकेको एटिएम तथा पीओएसमा मास्टरकार्डबाट कारोबार गर्न सकिने

बैंक अफ काठमाण्डू लिमिटेड (बिओके)को सम्पूर्ण एटिएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसहरुमा भुक्तानीहरु गर्न सकिने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताहरुले अब उपरान्त बैंकको जुनसुकै एटिएम तथा बैंकका पीओएस मर्चेन्टहरु मार्फत कारोबार गर्न सक्नेछन् । बैंकको एटिएम तथा पीओएसहरुमा हाल भिसा र युनियन पे को नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो ।

सम्बन्धित सामग्री

एटिएम मेसिन फुटाएर चोरी प्रयास

विराटनगर : एक व्यक्तिले विराटनगरमा एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएको पाइएको छ। चोरी गर्ने उद्देश्यले बैंकको एटिएम मेसिन फुटाएको प्रहरीले जनाएको छ।चोरी गर्ने उद्देश्यले बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएको प्रहरीले जनाएको छ।एटिएम मेसिन फुटाएर चोरीको प्रयास गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। ‘चोरी गर्ने उद्देश्यले मेसिनको कभर फुटाएको देखिन्छ’, उनले भने, ‘रकम भने चोरी गरिएको छैन, घटनामा संलग्न व्यक्तिको खोजी भइ

झोरमा कुमारी बैंकको एटिएम

कुमारी बैंकले झोरमा विस्तारित काउन्टरमा पहिलो एटिएम सञ्चालनमा ल्याएको छ।

पोखरामा दुई दिनमा फुटाए २ एटिएम

काठमाडौँ । पछिल्ला दिनहरूमा पोखराको एटिएम मेसिन असुरक्षित हुँदै गएका छन् । दिनहुँजसो एटिएम मेसिन फोडिएका छन् । सोमबार र मंगलबार लगातार २ वटा बैङ्कका एटिएम मेसिन फुटाउन प्रयास गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सोमबार पोखरा ९ मा रहेको कृषि विकास बैङ्कको एटिएम फुटाएर नगद चोर्दै गरेको अवस्थामा २ जनालाई पक्राउ […]

एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ

एटिएम मेसिन तोडफोड गर्दै चोरी गर्न लागेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाईडस्थित बाएनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको हो । एक जना पुरुषले एटिएम फुटाइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एटिएम थपिँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसिन थपिने भएको छ । अनअराइभल भिसामा नेपाल आउने विदेशी पर्यटकहरूका लागि विद्युतीय भुक्तानीमा समस्या देखिएपछि राष्ट्रिय वाणिज्य बैंकले एटिएम थप्न थालेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको अनअराइभल कक्षमा सोमबार नै राष्ट्रिय वाणिज्य बैंक एटिएम मेसिन जडान गरिने तयारीअनुसार काम भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार यसअघि विमानस्थलमा प्रभु बैंकको एउटा एटिएम मेसिन मात्रै भएको र उक्त मेसिन

मनाङमा एटिएम सेवा सञ्चालन

नेपालको सबैभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रने मनाङको माथिल्लो क्षेत्रमा एटिएम सेवा सञ्चालनमा आएको छ । नयाँ वर्ष २०७९ को सुरुआतसँगै ग्लोबल आइएमई बैंक मनाङ शाखाले पहिलोपटक एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।एटिएम सेवा सञ्चालनमा आएपछि मनाङमा आउने पर्यटकलाई सहज भएको छ । यहाँ आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले एटिएम सेवा सञ्चालनमा ल्याइएको ग्लोबल आइएमई बैंक मनाङ शाखाका प्रबन्धक सुवासकान्त जोशीले जानकारी दिए । “मनाङ आउने पर्यटकलाई खल्तीमा पैसा बोक्नुपर्ने समस्या हटाउने उद्देश्य

एटिएम फोड्दै गरेका एक जना पक्राउ

महानगरीय प्रहरी वृत्त काठमाडौंले एटिएम फोड्दै गर्दा एक जनालाई पक्राउ गरेको छ । शनिबार नक्सालस्थित सगरमाथा इन्सुरेन्स भवनमा रहेको एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेका काभ्रे घर भएका आकाश तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।प्रहरीका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

शिव शिखरको एटिएम ठैबमा

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ललितपुरको ठैंबमा एटिएम सुरु गरेको छ। सहकारी विभागका रजिस्ट्रार झलकराम अधिकारीले सोमबार उक्त एटिएम उद्घाटन गरेको संस्थाले जनाएको छ।...

सनराइज बैंकको थप दुई बैंकिङ्ग र एटिएम सेवा विस्तार

काठमाडौं, ११ साउन । सनराइज बैंकले थप दुई शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बारा जिल्लाको बारागढी गाउँपालिकामा शाखारहित बैंकिङ्ग र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा एटिएम सेवाको सुरुवात गरेको हो । बैंकको अनुसार एटिएम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत एटिएम सेवा अन्तर्गत एटिएम कार्ड र बिना एटिएम कार्ड मार्फत […]

एटिएम तोडफोड गर्ने दुई जना पक्राउ

मोरङको टंकिसिनवारीमा रहेको एक एटिएम मेसिन तोडफोड गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।...