एटिएम फोड्दै गरेका एक जना पक्राउ

महानगरीय प्रहरी वृत्त काठमाडौंले एटिएम फोड्दै गर्दा एक जनालाई पक्राउ गरेको छ । शनिबार नक्सालस्थित सगरमाथा इन्सुरेन्स भवनमा रहेको एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेका काभ्रे घर भएका आकाश तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।प्रहरीका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।   

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।