त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एटिएम थपिँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसिन थपिने भएको छ । अनअराइभल भिसामा नेपाल आउने विदेशी पर्यटकहरूका लागि विद्युतीय भुक्तानीमा समस्या देखिएपछि राष्ट्रिय वाणिज्य बैंकले एटिएम थप्न थालेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको अनअराइभल कक्षमा सोमबार नै राष्ट्रिय वाणिज्य बैंक एटिएम मेसिन जडान गरिने तयारीअनुसार काम भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार यसअघि विमानस्थलमा प्रभु बैंकको एउटा एटिएम मेसिन मात्रै भएको र उक्त मेसिन

सम्बन्धित सामग्री

ग्लोबल बैंकको नयाँ एटीएम विमानस्थलमा

ग्लोबल आइएमई बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आगमनमा एनएमबि बैंकको एटिएम सुविधा

काठमाडौँ – एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवद्र्घनलाई सहयोग पुर्‍याउने उद्देश्यले एटिएम सञ्चालनमा ल्याएको छ। बैंकले यस अघिदेखि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ। एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’बाट […]

विद्युतीय कारोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकहरूलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले २०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन आग्रह गरिएको हो ।उनले भने, “सफ्ट्वेयरले काम नगर्दा अनअराइभल भिसा लिने पर्यटकलाई तीनदेखि चार घण्टा लाइन बस्नुपरेको छ, मैले अध्यागमन विभागका प्रमुखलाई भनेर पर्यटकको सहायताका लागि नगद ल्याउन सूचना निकाल्न आग्रह गरेको थिए, अहिले सूचना प्रकाशन भएको हो ।”अध्यागमन कार्यालयले निकालेको सूचनामा अहिले नेपाल आउने पर्यटकको सङ्ख्या धेरै रहेको र विमानस्थलमा एउटा मात्र एटिएम मेसिन रहेकाले विद्युतीय कारोबारका अरु माध्ययममा पनि प्राविधिक समस्या आउने गरेकाले भीडभाड तथा झण्झटबाट जोगिनका लागि नगदै बोकेर आउन भनिएको छ ।