जनशक्ति अभावमा भेन्टिलेटरसहितको आईसीयू थन्कियो

बैतडी । जनशक्ति अभावमा जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन । कोरोना संक्रमण बढ्न थालेपछि गत वर्ष जडान भएको भेन्टिलेटरसहितको आईसीयू सञ्चालनमा आउन नसकेको हो । दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताउनुभयो । ‘सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालनमा समस्या भएको […]

सम्बन्धित सामग्री

दशौं अर्बका स्वास्थ्य उपकरणमा माकुराको जालो

सरकारले ठूलो धनराशि खर्च गरेर खरिद गरेका र दाताले दिएका दशौं अर्ब रुपैयाँका आईसीयू, भेन्टिलेटरलगायत स्वास्थ्य उपकरणहरू जनशक्ति र पूर्वाधार अभावमा जिल्ला–जिल्लामा प्रयोगहीन अवस्थामा छन् । स्वास्थ्य उपकरणको प्रयोगमा सरकारी हेलचेक्र्याइँको दृष्टान्त ।

जनशक्ति अभावमा थन्कियो भेन्टिलेटर

गम्भीर प्रकृतिका बिरामीका लागि आवश्यक पर्ने भेन्टिलेटर जनशक्तिको अभावमा थन्किएको छ । महोत्तरी जिल्लाको प्रादेशिक अस्पताल जलेश्वरमा भेन्टिलेटरसहितको आईसीयू बेड पाँचवटा र बर्दिबास अस्पतालमा तीनवटा गरी आठवटा भेन्टिलेटर जनशक्ति अभावमा थन्किएको हो ।

जनशक्ति नहुँदा भेन्टिलेटरसहितको आईसीयू थन्कियो

बैतडी । जनशक्ति अभावमा जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन । कोरोना संक्रमण बढ्न थालेपछि गत वर्ष जडान गरिएको भेन्टिलेटरसहितको आईसीयू सञ्चालनमा आउन नसकेको हो । दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकिएको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए । उनले भने, ‘सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालनमा समस्या भएको छ […]

आईसीयू सञ्चालनका लागि जनशक्ति अभाव

बझाङ । जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईओटा भेन्टिलेटरसहित आईसीयू कक्ष राख्ने निर्णयअनुरूप उक्त आईसीयू शøया ल्याइएको हो । गतवर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्न दक्ष जनशक्ति अभाव रहेको छ । कोरोना महामारीको दोस्रो लहरको बेला जिल्लामा श्वासप्रश्वासका बिरामीका लागि ल्याइएको भए पनि दक्ष जनशक्तिको अभावमा उक्त कक्ष सञ्चालनमा ल्याउन नसकिएको हो । कोरोना महामारीको दोस्रो भेयिन्ट फैलिएका बेला बझाङमा झन्डै एक हजार ६०० भन्दा बढी संक्रमित भएका थिए भने २१ जनाले उपचार अभावमा ज्यान गुमाएका थिए । श्वासप्रश्वासमा समस्या भएका जटिल संक्रमितलाई डँडेलधुरा तथा कैलाली सिफारिस गर्ने गरेको र त्यहाँ नपुग्दै बाटोमै मृत्यु हुने गरेको थियो । जिल्लामा भेन्टिलेटरसहितको आईसीयू सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए । रासस

भेन्टिलेटर चलाउन छैन जनशक्ति

भेन्टिलेटर अभावमा कोरोना संक्रमितले छटपटाएर ज्यान गुमाइरहँदा जिल्ला अस्पताल सर्लाहीमा राखिएको भेन्टिलेटर भने जनशक्ति अभावमा सञ्चालनमै आउन सकेको छैन । १० आईसीयू र ४ भेन्टिलेटर रहेको अस्पतालमा केही दिनअघि आईसीयू सञ्चालनमा आएको छ, तर भेन्टिलेटर मेसिन अझै थन्किएकै छ ।

भेन्टिलेटर चलाउन छैन जनशक्ति

भेन्टिलेटर अभावमा कोरोना संक्रमितले छटपटाएर ज्यान गुमाइरहँदा जिल्ला अस्पताल सर्लाहीमा राखिएको भेन्टिलेटर भने जनशक्ति अभावमा सञ्चालनमै आउन सकेको छैन । १० आईसीयू र ४ भेन्टिलेटर रहेको अस्पतालमा केही दिनअघि आईसीयू सञ्चालनमा आएको छ, तर भेन्टिलेटर मेसिन अझै थन्किएकै छ ।

जनशक्ति नहुँदा थन्किए आईसीयू–भेन्टिलेटर

जनशक्ति अभावमा रौतहटको सरकारी अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा सञ्चालनमा आएको छैन । अस्पतालमा रहेको १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन थन्किएको हो । कोरोना संक्रमितको स्वास्थ्य अवस्था जटिल हुँदा धमाधम बाहिर रेफर गर्न थालिएको छ ।

जनशक्ति अभावमा रौतहटमा आईसीयू र भेन्टिलेटर प्रयोगविहीन

२८ वैशाख, रौतहट । रौतहटको गौर अस्पताल भवनको माथिल्लो तल्लामा १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन छ । हेर्दा सबै सामान नयाँ छन् । तर दुर्भाग्य: कोरोनाको संक्रमण तीव्र रुपमा बढेको र बिरामीको …

जनशक्ति अभावमा करोडौं मूल्यका स्वास्थ्य उपकरण थन्किए

वैशाख ८, रुकुम ।  करोडौं रकम खर्च गरेर ल्याइएका महत्वपूर्ण स्वास्थ्य उपकरणहरु आवश्यक जनशक्ति अभावमा वर्ष दिनदेखि थन्किएका छन् । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा गएको वर्ष खरीद गरिएका भेन्टिलेटरसहितका उपकरण जनशक्ति अभावमा अस्पतालमै थन्किएका हुन् ।स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख विष्णु बुढाथोकीले जनशक्ति अभावमा भेन्टिलेटर सहितका उपकरण प्रयोगमा नआएको बताए ।  करीब १ करोड ५० लाख रुपैयाँ बराबरका भेन्टिलेटर, आईसीयू मेसिन, आईसीयू बेड, अक्सिजन लगाउने मेसिन, बिरामी जाँच गर्ने प्यासेन्ट मनिटर लगायतका महत्त्वपूर्ण सामग्री सञ्चालनमा नआएको निमित्त प्रमुख बुढाथोकीको भनाइ छ ।  जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमका डाक्टर राजकुमार भुजेलले सामग्री खरीदको बेला एक दिन मात्र प्रदेश सरकारले तालिम दिएको बताए ।  एक दिनको तालिममा सहभागी स्वास्थ्यकर्मीले भेन्टिलेटर मेसिन खोल्न र बन्द गर्न मात्र सिकेको उनको भनाइ छ ।  ‘डाक्टरले भनेपछि सबै भइहाल्छ भनेर पन्छिने प्रवृत्ति भयो,’ डा भुजेलले भने, ‘महंगो सामग्री खरीद गरेर जनशक्ति व्यवस्थापन तर्फ भने कसैको ध्यान गएन ।’ थन्क्याएर राखेका भेन्टिलेटरसहितका उपकरण चलाउन क्रिटिकल केयर मेडिसिन सम्बन्धी विशेषज्ञता हासिल गरेको जनशक्ति चाहिने डा भुजेलले बताए ।   थन्किएर रहेका करोडौँका उपकरणहरु सञ्चालनको लागि उपयुक्त जनशक्ति व्यवस्थापनको लागि स्थानीय, प्रदेश र संघीय सरकारले यस विषयमा ध्यान नदिएको अस्पतालको अस्पतालको गुनासो छ । यता जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्माले भने अस्पतालमा रहेका यावत् समस्याहरुबारे आफूले तत्कालै समाधानका लागि पहल गर्ने जनाए  ।