भेन्टिलेटर अभावमा कोरोना संक्रमितले छटपटाएर ज्यान गुमाइरहँदा जिल्ला अस्पताल सर्लाहीमा राखिएको भेन्टिलेटर भने जनशक्ति अभावमा सञ्चालनमै आउन सकेको छैन । १० आईसीयू र ४ भेन्टिलेटर रहेको अस्पतालमा केही दिनअघि आईसीयू सञ्चालनमा आएको छ, तर भेन्टिलेटर मेसिन अझै थन्किएकै छ ।