स्वास्थ्य कार्यालयका प्रमुखको सरुवा भएसँगै लाखौँको भेन्टिलेटर र आईसीयू प्रयोग विहीन

वैशाख ३१, दैलेख । गत वर्ष कोरोना संक्रमणको दर तीव्र भएका बेला दैलेखमा आईसीयू र भेन्टिलेटर जडान भयो । तीन ओटा आईसीयू र दुईओटा भेन्टिलेटरका लागि लाखौँ खर्च गरियो ।  स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा निरञ्जन पन्तको सरुवा भएसँगै अहिले स्वास्थ्य सेवा कार्यालयमा भेन्टिलेटर र आईसीयू कक्षसमेत सञ्चालन हुन सकेको छैन । लाखौँ खर्चेर जडान भएका उपकरण त्यत्तिकै थन्किएका छन् । कोरोना संक्रमणको धेरै जोखिम भएका बिरामीलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्न सके केही हदसम्म बाँच्ने सम्भावना हुन्छ, तर अहिले श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै आएको छ ।  गम्भीर प्रकृतिका बिरामी प्रभावकारी उपचार नपाएर दिनहुँ मृत्युको मुखमा पुगेका छन् । मंगलवार मात्रै अक्सिजन अभावमा एक महिलाको ज्यान गयो ।दैलेखमा कोरोना संक्रमणबाट हालसम्म १६ जनाको मृत्यु भइसकेको छ । अधिकांश बिरामी श्वासप्रश्वासको समस्या भएर गम्भीर अवस्थामा आउने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले बताए । ‘हामीसँग भएका केही मात्र अक्सिजनबाट उपचार गर्दै आएका छौँ, तर बचाउन निकै समस्या भएको छ । भेन्टिलेटर भए पनि चलाउने दक्ष जनशक्ति नभएकाले त्यसै थन्किएको छ । जनशक्ति माग गरेका छौँ, तर व्यवस्थापन हुनसकेको छैन’, उनले भने । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दुई साताअघि नै जनशक्ति लागि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकबाट बारम्बार निर्णय गरेर माग गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको जानकारी दिए ।  प्रतिनिधि सभाका तीन ओटै सांसद रवीन्द्र शर्मा, राजबहादुर बुढा र पार्वती बिशुंकेले तत्काल स्वास्थ्य मन्त्रालयमा यसबारे कुरा गर्ने र दक्ष जनशक्ति जिल्ला पठाउने बताए । रासस

सम्बन्धित सामग्री

राप्ती प्रादेशिक अस्पतालमा आईसीयू र भेन्टिलेटर प्रयोग विहीन

काठमाडौं । दाङकाे राप्ती प्रादेशिक अस्पतालमा कोरोना महामारीको समयमा सञ्चालित आईसीयू र भेन्टिलेटर सेवा पछिल्लो समय प्राविधिक जनशक्तिको अभावमा थन्किएका छन् । अस्पतालको गोदाममा २० थान आईसीयू उपकरण र ९ थान भेन्टिलेटर उपकरण अलपत्र अवस्थामा रहेका हुन् । महामारीको प्रभाव कम भएसँगै आईसीयू र भेन्टिलेटर उपकरण अस्पतालको गोदाममा थन्किएका हुन् । जिल्लामा सरकारी अस्पतालको स्वास्थ्य […]

तेस्रो लहरबाट बालबालिका जोगाउन १८० भेन्टिलेटर र २५० वटा आईसीयू बेड थप्दै

काठमाडौं, साउन १५ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहरलाई ध्यानमा राख्दै बालबालिकाहरुका लागि भेन्टिलेटर सहितका आईसीयू बेड थेप्ने कार्य अगाडि बढाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित तेस्रो लहरलाई रोक्न र क्षति न्युन गर्न बालबालिकाका लागि १८० भेन्टिलेटर सहितका २५० वटा आईसीयू बेड थप्ने कार्य अगाडि बढाइएको जनाएको […]

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं, साउन १५। कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन् । जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा दुई […]

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन् ।जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा दुई जना आईसीयूमा उपचाररत छन् । बाग्मती प्रदेशमा ३ सय ८१ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ७० आईसीयू र १७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ आईसीयू र चार जना भेन्टिलेटरमा रहेको स्वास्थ्य म

जिल्ला अस्पताल ओखलढुंगामा भेन्टिलेटर र आईसीयू बेड खरिदमा रहस्यमय ढिलाइ

ओखलढुंगा : जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगालाई अत्यावश्यक भेन्टिलेटर र आईसीयू बेड खरिदमा ढिलाइ भइरहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले द्रुत प्रक्रियाबाट खरिद गर्न निर्देशन दिएको एक महिना बितिसक्दा पनि अस्पतालमा भेन्टिलेटर र आईसीयू बेड जडान नभएको हो।स्वास्थ्य मन्त्रालयले दुईवटा भेन्टिलेटरसहित पाँचवटा आईसीयू बेड जडान गर्न एक महिनाअघि नै प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत जिल्ला अस्पताललाई निर्देशन दिएको थियो। तर, भेन्टिलेटर र आईसीयू बेड जडान जडानका लागि हालसम्म ठेक्का प्रक्रिया समेत

१३ महिनामा थपिए ५७७ भेन्टिलेटर र ४०० आईसीयू बेड

१० जेठ, काठमाडौं । पछिल्लो १३ महिनामा ५७७ भेन्टिलेटर र ४०० इन्टेन्सिभ केयर युनिट (आईसीयू) बेड थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभरका अस्पतालमा भेन्टिलेटरको संख्या ९०४ पुगेको छ भने आईसीयू बेडको संख्या ३ हजार पुगेको छ  । सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए अनुसार १८० भेन्टिलेटर र ६३० बेड […]

नेपालमा कति छन् आईसीयू र भेन्टिलेटर?

काठमाडौं। कोरोना संक्रमितको उपचारका लागि आईसीयू र भेन्टिलेटरको अभाव हुन थालेको छ। उच्च संक्रमण रहेका जिल्लामा आईसीयू र भेन्टिलेटरको अभाव देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर एक हजार १९८ बेड आईसीयू र ५०८ वटा भेन्टिलेटर छन्। जसमा ३३१ जना आईसीयूमा र ११५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। काठमाडौं उपत्यकामा रहेका सबै अस्पतालका आईसीयू र भेन्टिलेटर बिरामीले भरिएका छन्।

काठमाडौंका अस्पताल भरिभराउ, आईसीयू र भेन्टिलेटर पाउनै मुस्किल

काठमाडौं। उपत्यकमा कोरोना संक्रमितलाई बेड पाउनै मुस्किल परेको छ। तीनै जिल्लाका सबै अस्पतालका बेड भरिएसँगै नयाँ विरामीले उपचार नपाउने अवस्थामा आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उपत्यकाका तीनै जिल्लाका १३ वटा अस्पतालमा ९५६ जनाको उपचार भइरहेको छ। जसमध्ये ८१८ जनाको आइसोलेनसमा, ९८ जनाको आईसीयूमा र ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यी सबै अस्पतालमा आईसीयू र भेन्टिलेटर खाली छैनन्।

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ ।स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार कोभिड–१९ मध्यनजर गर्दै देशभर ५ सय १२ भेन्टिलेटर र १ हजार १ सय आईसीयू शय्या तयारी अवस्थामा छन् । गम्भीर प्रकृतिका संक्रमित थपिने क्रम बढेको छ ।स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १ सय १० आईसीयू शय्या छन् । भेन्टिलेटर ४०