गंगादेवी श्रेष्ठ : स्कुल जाने गाउँकै दोस्री छोरी मेयरको उम्मेदवार
धादिङको साविक सुनौलाबजार गाविसमा जन्मिएकी गंगादेवी श्रेष्ठको बाल्यकालमा छोरीलाई पढाउने घरपरिवार विरलै हुन्थे । आफूले भने आधुनिक सोचका बुवाका कारण पढ्न मात्र होइन, राजनीति पनि गर्न पाएको उनी बताउँछिन् ।
‘गाउँभरमा स्कुल जान पाउने दोस्रो छोरी …
काठमाडौं । केही समयअघि अमेरिकाबाट नेपाल आएकी अभिनेत्री जल शाह र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटघाट भएको छ । पति शरद रिमाल र छोरी कलशलाई लिएर जल मेयरको कार्यालयमा पुगेकी थिइन् । उनीहरुले करिब ४५ मिनेट कुराकानी गरे । आफूलाई ह्याण्डसम लाग्ने भन्दै जलले मेयर बालेनको प्रशंसा गरिन् । मिडियामा देखेको भन्दा ह्याण्डसम लागेको […]
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो ड्युटेर्टकी छोरी उपराष्ट्रपतिमा चुनिएकी छिन् ।
राष्ट्रपतिका छोरी सारा ड्यूटेर्टले उपराष्ट्रपतिको शपथ ग्रहण गर्दै फिलिपिन्सलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।
४४ वर्षकी साराले एक दशक पहिले डभाओ सहरमा मेयरको जिम्मेवारी सम्हाल्नु भएको थियो । उपराष्ट्रपति साराको आउँदो ३० तारिखदेखि कार्यकाल सुरु हुनेछ । राष्ट्रपति रोड्रिगोको कार्यकाल सकिनै लागेको छ ।
फिलिपिन्समा राष्ट्रपतिको कार्यकाल ६ वर्षको हुन्छ । रोड्रिगो सन् २०१६ मा राष्ट्रपति बन्नु भएको थियो ।
२२ वैशाख, चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार रेनु दाहाललाई पुष्पकमल दाहाल प्रचण्डको छोरीको रुपमा मात्र बुझ्न नहुने बताए बिहीबार चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले नेताका छोराछोरी पनि योग्यता र क्षमताले मात्र अघि बढ्ने बताए । ‘रेनुलाई पुष्पकमल दाहालको छोरीका मात्रै हेर्नुहुन्न,’ उनले […]
काठमाडौं, २२ वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले रेनु दाहाल प्रचण्डको छोरी नभएर क्षमताका आधारमा भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनेको टिप्पणी गरेका छन् । उनले नेताहरुले छोराछोरी राजनीतिमा आएमा अर्को पार्टीमा जान भन्न नसक्ने तर्क गर्दै रेनु दाहाल क्षमता भएकैले राजनीतिमा आएको बताए । ‘छोरी भयो भनेर अर्को पार्टीमा जानु भन्ने ?’ […]
नुवाकोटको विदुर नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रले प्रभा बोगटीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी माओवादी नेता दिवंगत पोष्टबहादुर बोगटीकी छोरी हुन् । माओवादीको विदुर नगरपालिका कमिटी अध्यक्ष रहेकी उनलाई पार्टीले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, काँग्रेससँगको तालमेलपछि माओवादीको भागमा उपमेयर परेपछि बोगटीलाई नै उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका नेता हिरानाथ खतिवडाले जानकारी दिए । मेयर पाएको काँग्रेसले भने उम्मेदवारको अन्तिम टुंगो लगाइसकेको छ
नुवाकोट । नेकपा (माओवादी केन्द्र)ले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ । नगरपालिका कमिटीको बैठकले बोगटीलाई मेयरको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो । माओवादी केन्द्रको विदुर नगर कमिटी अध्यक्ष समेत रहेकी बोगटी माओवादी आन्दोलनका शीर्षस्थ नेता पोस्टबहादुर बोगटीको कान्छी छोरी हुन् । केही समय सक्रिय पत्रकारितामा जमेकी प्रभा पछिल्लो समय […]
काठमाडौं, २३ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई पुनः मेयरको उम्मेदवारका रुपमा अगाडि सार्ने संकेत गरेका छन् । उनले भरतपुरमा बढीभन्दा बढी समय दिदै भ्रमणहरु गर्न थालेका छन् । आज भरतपुरमा आयोजित भूमिहीन दलितहरुलाई लालपूर्जा समेत वितरण गरेर प्रचण्डले चुनावी माहोल आफू र छोरी रेनुको पक्षमा पार्ने रणनीति […]
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले राजनीतिबाट संन्यास लिने घोषणा गरेपछि उनकी छोरी साराले उक्त पदमा उम्मेदवारी दिने सम्भावना बढेको छ ।
राजनीतिबाट संन्यास लिएको घोषणा गरेका डुटेर्टेले आफ्नी छोरीलाई मेयरको पदमा भन्दा पनि राष्ट्रपति पदमा उम्मेदवार बनाउन खोजिरहेका छन् ।
फिलिपिन्सको संविधानले कुनै पनि व्यक्तिलाई दोस्रोपटक ६ वर्षको कार्यकालका लागि राष्ट्रपति उम्मेदवार बन्न रोक लगाएको छ । तर उनले सत्तामा रहनका लागि आफ्ना सहयोगी सिनेटर क्रिस्टोफर बोङ गोलाई राष्ट्रपतिको उम्मेदवार बनाउने अनि आफू चाहिँ उपराष्ट्रपत...