फिलिपिन्सका राष्ट्रपति रोड्रिगो ड्युटेर्टकी छोरी उपराष्ट्रपतिमा मनाेनित

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो ड्युटेर्टकी छोरी उपराष्ट्रपतिमा चुनिएकी छिन् । राष्ट्रपतिका छोरी सारा ड्यूटेर्टले उपराष्ट्रपतिको शपथ ग्रहण गर्दै फिलिपिन्सलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाउनु भएको छ । ४४ वर्षकी साराले एक दशक पहिले डभाओ सहरमा मेयरको जिम्मेवारी सम्हाल्नु भएको थियो । उपराष्ट्रपति साराको आउँदो ३० तारिखदेखि कार्यकाल सुरु हुनेछ । राष्ट्रपति रोड्रिगोको कार्यकाल सकिनै लागेको छ । फिलिपिन्समा राष्ट्रपतिको कार्यकाल ६ वर्षको हुन्छ । रोड्रिगो सन् २०१६ मा राष्ट्रपति बन्नु भएको थियो । 

सम्बन्धित सामग्री

फिलिपिन्समा रोड्रिगो दुतेर्तेकी छोरी सारा बनिन् उपराष्ट्रपति

मनिला- फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो दुतेर्तेकी जेठी छोरीले उपराष्ट्रपतिको सपथ लिएकी छन् । सारा दुतेर्तेले डाभाओमा आयोजित एक समारोहमा फिलिपिन्सलाई एकताबद्ध गर्ने वाचा गरिन । यसअघि ४४ वर्षीया सारा सोही सहरको मेयर बनेकी थिइन् ।  निवर्तमान राष्ट्रपति रोड्रिगा पनि सोही सहरको मेयर बनेका थिए । केही साताअघि भएको...

फिलिपिन्स राजनीतिको यो परिदृश्य

राष्ट्रपति रोड्रिगो डुटरेटकी जेठी छोरी सारा डुटरेट फिलिपिन्सको उपराष्ट्रपति पदको उम्मेदवार हुने भएकी छन् । उनले कुन पदमा उम्मेद्वारी दिन्छिन् भन्ने बहस एक महिनादेखि जारी रहँदा यो निर्णय सार्वजनिक भयो । उनी अर्को कार्यकालमा बाबुकै उत्तराधिकारी बन्ने धेरैको अनुमान थियो । डभासो शहरकी मेयर साराले ओपोनियन पोलमा राष्ट्रपतिको रुपमा सबैलाई पछि पारेकी थिइन् । यसअघि […]

राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्ने भएकी छिन्। बहिर्गमनको चरणमा रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्ने भएकी हुन्।