विराटनगर : प्रदेशको कोशी नाम खारेजीको माग गर्दै संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा बिहीबार विरोध प्रदर्शन भएको छ।पुनः नामकरण संघर्ष समितिले खाँदबारी बजारमा ‘कोशी नाम खारेज गर’ लेखिएको कालो झन्डा जलाउँदै विरोध गरेको हो।गत फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचान पक्षधर सडक आन्दोलनमा छन्।