नेपाली काँग्रेस महासमिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संखुवासभाले संघीय प्रतिनिधिसभामा दुईजना प्रतिनिधि पाउनुपर्नेमा जोड दिनुभएको छ । खाँदबारीमा निर्वाचन क्षेत्र निर्धारण सरोकार समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कार्कीले संविधानले व्यवस्था गरे बमोजिम नै निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताएका हुन् । इतिहासविद् तथा राजनीतिक विश्लेषक रमेश ढुंगेलले संखुवासभा जिल्लामा दुईजना जनप्रतिनिधि कायम गराउनुपर्ने आवश्यकता औँल्याए…