निषेधाज्ञा खुकुलो हुँदा संक्रमण फेरि बढ्योः पछिल्लो साता कोरोनाबाट हुने मृत्युमा ४९ प्रतिशतले वृद्धि

काठमाडौं।निषेधाज्ञा खुकुलो बनाएसँगै फेरि कोरोना भाइरसको संक्रमण र यसबाट हुने मृत्युमा वृद्धि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो सातामा नेपालमा कोरोना संक्रमण १४ प्रतिशत र मृत्यु ४९ प्रतिशतले वृद्धि भएको छ।पछिल्लो साता १२ हजार ८३ जनामा कोरोना पुष्टि भएको थियो भने २०७ जनाको मृत्यु भएको थियो।अघिल्लो साता १० हजार ६२६ संक्रमित भए भने १३९ जनाको मृत्यु भएको थियो।

सम्बन्धित सामग्री

जोरविजोर प्रणाली हटाउँदै चितवनमा खुकुलो गरियो निषेधाज्ञा

भदौ १९, चितवन । चितवनमा पछिल्ला दिनमा थपिएको निषेधाज्ञा केही खुकुलो गर्दै लगिएको छ । जिल्लामा कोरोना संक्रमितको दर र मृत्युदर घट्दै गएको कारण निशेधाज्ञामा खुकुलो गर्दै लगिएको जिल्ला प्रशासन कार्यालय चितवनले बतााएको छ ।  शनिवार कार्यालयले आदेश जारी गर्दै भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गरेको हो । जारी निषेधाज्ञा आइतवार राती १२ बजे सकिंदैछ । कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले पछिल्ला समयमा कोरोना संक्रमित दर र मृत्युदरमा कमी आएकोले निषेधाज्ञा खुकुलो गरिएको बताए ।  ‘यसअघि गरिएको निषेधाज्ञामा सक्रिय संक्रमितको संख्या २ हजार २०० को हाराहारीमा थियो, अहिले १ हजारको हाराहारीमा छन्’, पौडेलले भने,  ‘थपिएको निषेधाज्ञामा यातायातमा जोर विजोर हटाइएको छ । ’ अव उक्त आदेशानुसार होटल रेष्टुरेण्टको खोल्ने समयतालिका बढाइएकोछ भने स्मार्टलकडाउनसहित विद्यालयको अवस्था हेरेर असोज १ गतेबाट  खोल्न अनुमति दिइने, पार्टी प्यालेसमा ५० प्रतिशत क्षमता मात्र रहने गरी खोल्न पाइने उनले जानकारी दिए ।  जारी आदेशमा सभा सेमिनारका लागि मापदण्ड अपनाएर खोल्न अनुमति दिने भनिएता पनि सिनेमा हल खोल्न भने अनुमति दिइएको छैन । ‘अब काठमाडौंमा सिनेमा हल पनि  खोल्न पाइने भनेर आदेश जारी भयो हाम्रोमा अव पुन : थपिने निषेधाज्ञामा खोल्ने वातावरण बन्ला’, सूचना अधिकारी पौडेलले भने । कोरोना संक्रमणको दर र अवस्था हेरेर कोरोनाबाट थप प्रभावित क्षेत्रहरुलाई पनि सहजिकरण गर्दै लगिने उनको भनाइ छ ।  धार्मिक मठ मन्दिरमा अनुष्ठान गर्न तथा नियमित दैनिक नित्य पूजा गर्न पाएपनि भीड भएर गरिने सांस्कृतिक तथा समाजिक गतिविधिहरु गर्न नपाइने आदेशमा उल्लेख छ । अन्य आदेशहरु पहिलेकै नियम अनुरुप चल्ने पनि जिल्ला प्रशासन कार्यालयले बताएको छ  । आदेशमा संक्रमित दर थप खट्दै गएको खण्डमा जारी गरिएको निषेधाज्ञाको समयाअवधि भित्रनै आदेश शंसोधन एवं पुनरावलोकन गर्न सकिने उल्लेख छ ।

इटहरीमा बन्द भए ९ होटल

सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरीको पश्चिमलाइनमा अवस्थित पेरिस होटल गत वर्षदेखि बन्द  छ । पहिलो चरणको कोरोनाबाट थला परेको होटल स्थानीय बैंकको कर्जा चुक्ता गर्न नसक्दा बन्द हुन पुगेको हो । त्यस्तै, इटहरी उपमहानगर– ६ बिपीचोकस्थित सगुन होटल यो वर्षको कोरोना संक्रमणका कारण बन्द भएको छ । लगानी उठाउनै मुस्किल परेपछि सगुन होटल पनि बन्द हुन पुगेको हो । यो वर्ष कोरोना संक्रमणकै कारण इटहरीमा साना–ठूला गरी ९ होटल बन्द भएका छन् । कोरोना महामारीबाट साना लगानीका होटल प्रभावित भएको होटल व्यवसाय संघ इटहरीले जनाएको छ । इटहरीमा गत वैशाखदेखि साउनसम्म ६ वटा साना र ३ ठूला गरी ९ वटा होटल बन्द भएको संघले बताएको छ । सरकारले जोखिमका बेला व्यवसायी हकहितका लागि लाभ हुने राहत प्याकेज ल्याउन नसकेपछि लाखाैं लगानी गरी खोलिएका होटल धमाधम बन्द हुने अवस्थामा पुगेको होटल व्यवसाय संघ इटहरीका उपाध्यक्ष प्रकाश महतो बताउँछन् । कोरोना महामारीले पिल्सिएका होटल व्यवसायीलाई सरकारले राहत दिन ठोस नीति ल्याउनुपर्ने महतोको माग छ । होटल व्यवसायसँगै पछिल्लो समय कोरोनाबाट प्रभावित बनेका पर्यटन व्यवसायीको पीडा पनि उस्तै छ । सरकारले कोरोना त्रास देखाउँदै अन्य क्षेत्रलाई खुला गरिरहँदा पर्यटनलाई सञ्चालनमा रोक लगाउँदै आएको छ । यसले पर्यटन व्यवसायीको करोडौं रुपैयाँको लगानी जोखिममा परेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक प्याकेज अघि सारेर स्थापना भएका करोडाैं रुपैयाँ लगानीका पर्यटकीय क्षेत्र सिजनका बेला पनि सुनसान छन् । बजार, व्यवसाय खोल्न अनुमति दिएजस्तै पर्यटकीय क्षेत्रलाई पनि मापदण्ड तोकेर सञ्चालन गर्न दिनुपर्ने व्यवसायीको माग छ ।  करिब ३० करोड रुपैयाँ लगानीमा हालै स्थापना भएको इटहरी–२ स्थित इपिल्यान्ड एन्ड वाटरपार्क सञ्चालनमा आउन नपाउँदै कोरोनाको कहरमा परेपछि  लगानी जोखिममा परेको सञ्चालक भीम पौडेल बताउँछन् । नेपालकै नमुना पार्क भनेर स्थापना गरिए पनि सञ्चालन हुन नपाएपछि करोडौं रुपैयाँ डुब्ने अवस्था रहेको उनको गुनासो छ । अन्य व्यवसाय सुरु भइरहँदा पर्यटन क्षेत्र स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाउनुपर्ने पर्यटन व्यवसायी बताउँछन् । कोरोना रोकथाम तथा न्यूनीकरणका लागि प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो हुँदै गए पनि पर्यटन क्षेत्रलाई अझै बन्दी बनाउँदा व्यवसायी मर्कामा परेको पर्यटनविद् तथा  होटल प्रिमियर एन्ड स्कुलका सञ्चालक सुनिल भुसाल बताउँछन् । सरकारले सबै नागरिकलाई खोपको ब्यवस्था गरी पर्यटन क्षेत्र सञ्चालनको अनुमति दिनुपर्ने अन्यथा मारमा परेका व्यवसायीलाई तत्काल राहत प्याकेज ल्याइनुपर्ने तालतलैया संरक्षण समितिका अध्यक्ष वीरबहादुर मगरले बताए ।

बारा–पर्सा औद्योगिक कोरिडोर : लयमा फर्किने प्रयत्नसँगै तेस्रो लहरको त्रास

वीरगञ्ज । कोरोना संक्रमणको दुईपटकको लहरबाट थलिएका बारा–पर्साका उद्योगहरू यतिबेला पुरानो लयमा फर्किने प्रयत्नमा छन् । कोरोनाबाट प्रभावित उद्यम व्यापार स्वाभाविक गतिमा ल्याउने प्रयासमा लागेका उद्यमीहरूलाई पुनःसम्भावित तेस्रो लहरको त्रासले भने छोडेको छैन । कोरोनाको तेस्रो लहर आएमा फेरि बन्दाबन्दी वा निषेधाज्ञा लगाइने र व्यापार व्यवसाय प्रभावित हुने चिन्ताले उद्योगीहरूलाई सताएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् । कोरोनाको दोस्रो लहरमा लगाइएको निषेधाज्ञामा उद्योगको सञ्चालन तुलनात्मक सहज भए पनि बजार बन्द भएकाले समस्या भोगेको स्मरण गर्दै अध्यक्ष गुप्ता भन्छन् ‘निषेधाज्ञा लागू भएपछि उत्पादन भए पनि बजारमा मालसामान पठाउन सकिँदैन । उत्पादन गोदाममै थन्क्याउने अवस्था आउँछ ।’ बजार बन्द भएपछि नयाँ माग र उत्पादन त परको कुरा, विक्री नभएपछि तयारी भइसकेको उत्पादनसमेत गोदाम राख्नुपर्ने उद्योगीहरू बताउँछन् । यसले समग्र अर्थतन्त्रलाई नै बन्द बनाउने गुप्ताले बताए । बजारबाट माग नै नआएपछि कच्चा पदार्थको आयात र तयारी मालसामानको ढुवानीमा गरिएको सहजीकरणले पनि अपेक्षित परिणाम नदिने उद्यमी राजेश क्यालको भनाइ छ । ‘बजारमा उत्पादन नै पठाउन नसकेपछि बाध्य भएर उत्पादन कटौती गर्ने अवस्था आउँछ,’ क्यालले आर्थिक अभियानसित भने । कोरोनाको पहिलो लहरको तुलनामा दोस्रोपटक ढुवानी सहज भए पनि बजार बन्द भएकाले अधिकांश उत्पादन बन्द भएको उद्यमीहरू बताउँछन् । त्यसबेला मुख्य उत्पालन केन्द्र बारा–पर्साका अत्यावश्यकीय उत्पादनसमेत २०/२५ प्रतिशतमा सीमित भएको उद्योगीहरूले बताए । त्यसताका देशव्यापी बन्दाबन्दी नै नभए पनि उस्तै प्रकृतिको निषेधाज्ञा लगाइएको थियो । एकाधबाहेक अधिकांश जिल्लामा निषेधाज्ञा हुँदा व्यापार व्यवसाय ठप्पजस्तै थियो । अहिले बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योग क्षमताको ७० देखि ८० प्रतिशतमा चल्न थालेका छन् । कोरोना महामारी रोक्न लगाइएको पहिलोपटकको बन्दाबन्दीपछि पनि बल्लतल्ल बौरिएको उद्योग व्यापार दोस्रो लहरको मारमा परेको थियो । अहिले निषेधाज्ञा खुकुलो बनाएयता दैनिक ३ हजारको हाराहारीमा संक्रमित थपिएका छन् । कोरोनाकै कारण दिनहुँ २५/३० जनाको ज्यान गइरहेको छ । कुनै पनि बेला तेस्रो लहर पैmलिन सक्ने स्वास्थ्य क्षेत्रमा विज्ञहरूले बताइरहेका छन् । यस्तो बेला स्वास्थ्य सुरक्षाको चिन्तासँगै उद्यमी व्यवसायीलाई पुनः व्यापार ठप्प हुने हो कि भन्ने आशंकाले गाँजेको नेपाली युवा उद्यमी फोरम वीरगञ्जमा अध्यक्ष अनुप अग्रवाल बताउँछन् । महामारीमा पनि देशको अर्थतन्त्र चलायमान बनाउन अग्रभागमा काम गर्ने उद्यमी र कामदारहरूलाई पूर्ण खोपको व्यवस्था मिलाउनुपर्ने र यसबाट कम्तीमा स्वास्थ्य सुरक्षाको चिन्ता कम हुने सुझाव अध्यक्ष अग्रवालको छ । निकट भविष्यमा तेस्रो लहर आउने सम्भावना भएकाले यसबाट उद्योग व्यापारसँगै अर्थतन्त्र थप समस्यामा पर्ने अध्यक्ष गुप्ताको भनाइ छ ।

धमाधम सिल हुँदै झापाका स्थानीय तह, कोरोनाबाट एक सातामा ३० जनाको मृत्यु

झापा : झापामा कोरोना संक्रमण र मृत्युदर अझै घटेको छैन। जिल्लामा कोरोना महामारी नियन्त्रण तथा रोकथाम नभई जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)ले अन्य जिल्लालाई दाँजेर निषेधाज्ञा खुकुलो बनाइदिएको छ। साउन ७ गते प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै बजार तथा पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाउने र जोर बिजोर प्रणाली हटाउँदै यातायातका सबै सवारीसाधन देशभरि चलाउने पाउने निर्णय गरेपछि जिल्लाका बजारमा नागरिकको च

निषेधाज्ञा खुकुलो भएसँगै कोरोनाबाट सतर्क रहौं

विगत डेढ महिनाअघि (वैशाख १६) गतेदेखि कोरोनाको दोस्रो लहरको संक्रमणबाट हुने जोखिम न्यूनीकरण गर्ने हेतुले उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो । यसरी निषेधाज्ञा गरिएपश्चात् संक्रमणदरमा भने कमी आएको थियो । तर, यहाँ निषेधाज्ञाको समय लम्बिएपश्चात निम्न आय वर्गका तथा अन्य व्यवसायीहरू मारमा पर्नुका साथै जनताहरू रोगबाट नभई भोकबाट मर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना भएकाले […]

निषेधाज्ञा खुकुलो भएसँगै सावधानी नअपनाए जोखिम झन बढ्न सक्छ

कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमण दर शून्य अवस्था हुने यकिन तथ्याङ्क नरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताउनुभएको छ । निर्देशक पौडेलका अनुसार श्वासप्रश्वासका छिट्टा र हावाको माध्यमबाट कोरोना सङ्क्रमण सर्ने मुख्यमाध्यम भएको हुनाले कोरोनाबाट सङ्क्रमित हुने दर शून्य अवस्थामै कहिले पुग्ने यसको यकिन तथ्याङ्क छैन । ‘कोरोनाविरुद्ध देश विदेशमा धेरै अध्ययनहरू भइरहेका छन् ।

भीडभाड बढ्दो छ, कोरोनाबाट कसरी जोगिने ?

१४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारदेखि जोरविजोर प्रणालीअनुसार ठूला बसहरू चल्दैछन् ।  कोरोना संक्रमणको दोस्रो लहर शुरू भएपछि १६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो । संक्रमण क्रमशः घट्दै गएपछि ७ असारदेखि निजी सवारी चले भने मंगलबारदेखि उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुनेछ । निषेधाज्ञा खुकुलो पार्दै गर्दा मुलुकभर कोरोना संक्रमण दर भने २० प्रतिशतभन्दा […]

'निषेधाज्ञा खुकुलो भयो, अब कोरोनाबाट आफैं जोगिनुस्'

काठमाडौं : उपत्यकामा तीन साताअघि जारी भएको निषेधाज्ञा खुकुलो भएको छ। बिहीबारदेखि काठमाडौं उपत्यकाको तीनै जिल्लामा जोरबिजोर अनुसार सवारीसाधन सञ्चालनमा आइसकेका छन्। निषेधाज्ञाअघि काठमाडौं उपत्यकामा दैनिकजसो करिब ३ सयको हाराहारीमा कोरोना संक्रमित थपिँदै आएका थिए। निषेधाज्ञा जारी भएपछि दैनिक ३ सयभन्दा माथि संक्रमि...