जोरविजोर प्रणाली हटाउँदै चितवनमा खुकुलो गरियो निषेधाज्ञा

भदौ १९, चितवन । चितवनमा पछिल्ला दिनमा थपिएको निषेधाज्ञा केही खुकुलो गर्दै लगिएको छ । जिल्लामा कोरोना संक्रमितको दर र मृत्युदर घट्दै गएको कारण निशेधाज्ञामा खुकुलो गर्दै लगिएको जिल्ला प्रशासन कार्यालय चितवनले बतााएको छ ।  शनिवार कार्यालयले आदेश जारी गर्दै भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गरेको हो । जारी निषेधाज्ञा आइतवार राती १२ बजे सकिंदैछ । कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले पछिल्ला समयमा कोरोना संक्रमित दर र मृत्युदरमा कमी आएकोले निषेधाज्ञा खुकुलो गरिएको बताए ।  ‘यसअघि गरिएको निषेधाज्ञामा सक्रिय संक्रमितको संख्या २ हजार २०० को हाराहारीमा थियो, अहिले १ हजारको हाराहारीमा छन्’, पौडेलले भने,  ‘थपिएको निषेधाज्ञामा यातायातमा जोर विजोर हटाइएको छ । ’ अव उक्त आदेशानुसार होटल रेष्टुरेण्टको खोल्ने समयतालिका बढाइएकोछ भने स्मार्टलकडाउनसहित विद्यालयको अवस्था हेरेर असोज १ गतेबाट  खोल्न अनुमति दिइने, पार्टी प्यालेसमा ५० प्रतिशत क्षमता मात्र रहने गरी खोल्न पाइने उनले जानकारी दिए ।  जारी आदेशमा सभा सेमिनारका लागि मापदण्ड अपनाएर खोल्न अनुमति दिने भनिएता पनि सिनेमा हल खोल्न भने अनुमति दिइएको छैन । ‘अब काठमाडौंमा सिनेमा हल पनि  खोल्न पाइने भनेर आदेश जारी भयो हाम्रोमा अव पुन : थपिने निषेधाज्ञामा खोल्ने वातावरण बन्ला’, सूचना अधिकारी पौडेलले भने । कोरोना संक्रमणको दर र अवस्था हेरेर कोरोनाबाट थप प्रभावित क्षेत्रहरुलाई पनि सहजिकरण गर्दै लगिने उनको भनाइ छ ।  धार्मिक मठ मन्दिरमा अनुष्ठान गर्न तथा नियमित दैनिक नित्य पूजा गर्न पाएपनि भीड भएर गरिने सांस्कृतिक तथा समाजिक गतिविधिहरु गर्न नपाइने आदेशमा उल्लेख छ । अन्य आदेशहरु पहिलेकै नियम अनुरुप चल्ने पनि जिल्ला प्रशासन कार्यालयले बताएको छ  । आदेशमा संक्रमित दर थप खट्दै गएको खण्डमा जारी गरिएको निषेधाज्ञाको समयाअवधि भित्रनै आदेश शंसोधन एवं पुनरावलोकन गर्न सकिने उल्लेख छ ।   

सम्बन्धित सामग्री

पाँचथरमा निषेधाज्ञा खुकुलो

पाँचथर । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि पाँचथरमा जारी निषेधाज्ञा १३औं पटक थप भएको छ । साउन ३२ गते मध्यरातदेखि लागू हुने निषेधाज्ञा खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालबाट आइतवार जारी सूचना अनुसार अब बजार–पसल बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्नेछन् । होटल तथा रेस्टुराँ स्वास्थ्य सुरक्षाका मापदण्डको अवलम्बन गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । यद्यपि मेला, महोत्सव, पार्टी, भोजलगायत भीडभाड हुने गतिविधिमा भने रोक लगाइएको छ । संक्रमणको खतरा हुने तथा भीड लाग्ने सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, पार्क, सैलुन, ब्यूटीपार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय खोल्न भने रोक लगाइएको छ ।      सवारीका साधन सञ्चालनमा लगाइएको जोरबिजोरको प्रणाली पनि हटाइएको छ । अब स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सवारी सञ्चालन गर्न सकिनेछ । विवाहमा १० जनाभन्दा कम जन्ती लिई जान सकिने, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी जारी परीक्षा सञ्चालन गर्ने आदेशमा उल्लेख छ । निषेधाज्ञाको यो आदेश आउँदो भदौ १० गते मध्यरातसम्म लागू हुनेछ । यस अघिसम्म बजार–पसल बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न दिइएको थियो भने सवारीका साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गरिएको थियो । पाँचथरमा पछिल्लो केही दिनमा कोभिड–१९ संक्रमण घटेको तथ्यांकमा देखिए पनि संक्रमणको खतरा भने उत्तिकै छ । रासस

चितवनमा फेरि १० दिन निषेधाज्ञा थपियो

साउन १४, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आगामी साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोभिड १९  को संक्रमणको जोखिम उत्तिकै रहेको र डेल्टा भेरियण्ट भाइरससमेत पुष्टि भएको भन्दै साउन २४ गतेसम्म निषेधाज्ञा थपिएको हो ।  प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आफ्नो पेशा व्यापार व्यवसाय चलाउन अनुरोध गरेको छ ।  प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको निषेधाज्ञामा भौतिक रुपमै उपस्थित भई  कुनै प्रकारको सभा, सम्मेलन, सेमिनार, महोत्सव सञ्चालन गर्न नपाइने उल्लेख छ । भौतिक रुपमा नै उपस्थित भइ गर्नुपर्ने साधारण सभाको लागि मापदण्ड पालना गरी सीमित व्यक्तिको उपस्थित जनाई प्रशासनसँग स्विकृति लिनुपर्ने छ । यसैगरी भौतिक रुपमै उपस्थित भएर पठनपाठन गर्न नपाइने, सिनेमा, पार्टी प्यालेस, ब्युटी पार्लर, सैलुन, जिमखाना, फुटसलहरु सञ्चालन गर्न पाइने छैन । यस्तै मठमन्दिर, मस्जिद, गुम्बा तथा चर्चलगायतका धार्मिकस्थलमा नित्य पूजा बाहेक अन्य जमघट गर्न नपाइने जारी आदेशमा उल्लेख छ  साथै आदेशमा शैक्षिक संस्थामा परीक्षा सञ्चालन गर्दा जेड आकारमा सिट प्लान गर्ने र एउटा कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने उल्लेख छ । यस्तै लामोदुरीका सवारीसाधनहरु ट्राफिक कार्यालयको समन्वयमा सीमित संख्यामा सञ्चालन गर्न पाइने उल्लेख छ ।  ऋव जिल्लामा सार्वजनिक सवारी साधनहरु जोरविजोर प्रणाली अनुसार सञ्चालन गरिने भएको छ । अन्य नियमहरु पुरानै आदेश बमोजिम अनुसार सञ्चालन गर्न पाइने पनि आदेशमा उल्लेख छ ।

उपत्यकामा निषेधाज्ञा खुकुलो पार, निजी सवारीमा जोरविजोर गर

काठमाडौँ उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्न माग गरेको छ । काठमाडौँमा आज बसेको फोरमको बैठकले सार्वजनिक यातायातबाहेकको सवारी सञ्चालनमा जोरविजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको छ ।