कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमण दर शून्य अवस्था हुने यकिन तथ्याङ्क नरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताउनुभएको छ । निर्देशक पौडेलका अनुसार श्वासप्रश्वासका छिट्टा र हावाको माध्यमबाट कोरोना सङ्क्रमण सर्ने मुख्यमाध्यम भएको हुनाले कोरोनाबाट सङ्क्रमित हुने दर शून्य अवस्थामै कहिले पुग्ने यसको यकिन तथ्याङ्क छैन ।
‘कोरोनाविरुद्ध देश विदेशमा धेरै अध्ययनहरू भइरहेका छन् ।