झापा : झापामा कोरोना संक्रमण र मृत्युदर अझै घटेको छैन। जिल्लामा कोरोना महामारी नियन्त्रण तथा रोकथाम नभई जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)ले अन्य जिल्लालाई दाँजेर निषेधाज्ञा खुकुलो बनाइदिएको छ। साउन ७ गते प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै बजार तथा पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाउने र जोर बिजोर प्रणाली हटाउँदै यातायातका सबै सवारीसाधन देशभरि चलाउने पाउने निर्णय गरेपछि जिल्लाका बजारमा नागरिकको च