विवेकशील साझा पार्टीले तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको 'विचारभन्दा माथि देश' दस्तावेजलाई 'घातक' भन्दै खारेज गरेको छ । विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले मिश्रले अघि सारेको उक्त दस्तावेज विवादास्पद भएको भन्दै खारेज गरेको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए ।