दाङ : तुलसीपुर-१८ की कौशिला रावतले बारीमा घरका लागि तरकारी खेती गरेकी छन्। किराले सबै बोट सुक्दै गए र फल पनि कुहिए। उनले लगाएको तरकारीमा कुन रोग लागेको हो ? थाहा छैन। पहिलेको तुलनामा पछिल्लो समय विभिन्न किसिमका रोग तथा कीरा तरकारी खेतीमा देखिने गरेको उनको भनाइ छ।उनले भनिन्, ‘बारीमा लगाएका बोरीका बोट सबै सुके। फर्सी पनि फलेका छन् तर सबै कुहिए। कुन रोग लागेको हो ? थाहा छैन। पहिलो यस्तो रोग देखिँदैनथ्यो।’ यस्तै उनले अहिलेसम्म आफूले कुनै विषादी प्रयोग नगर्ने भए पनि बुहारीहरूले प्रयो