खाेटाङमा चट्याङ्ग लागेर एक जनाकाे ज्यान गयाे

खोटाङ - चट्याङ्ग लाग्दा खोटाङमा एक जनाकाे ज्यान गएकाे छ । चट्याङ्ग लागेर दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका ६६ वर्षीय अगमबहादुर राईको ज्यान गएको हो । छोरी ज्वाइँको घरमा बसिरहेको बेलामा राईलाई चट्याङ्ग लागेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । राईको घटनास्थलमै ज्यान गएकाे थियाे । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ लगिएको प्रहरीले जनाएको छ ।   

सम्बन्धित सामग्री

गुल्मीमा चट्याङ्ग लागेर एक बालकको मृत्यु

गुल्मीको अग्लुङ्ग नेपाने गाउँमा आज बिहान चट्याङ्ग लागेर एक बालकको ज्यान गएको छ । मदाने गाउँपालिका -१ मा पर्ने दिगाउँका गुन्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको चट्याङ्ग लागेर मृत्यु भएको  हो  ।  आज बिहान करिव ४ बजे घरमा सुतिरहेको बेला एक्कासी चट्याङ्ग लागेर घाइते भएका विष्टको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए  ।उनका अनुसार जिल्लाकै  छत्रकोट  गाउँपालिका-६  दौघामा  पनि चट

चट्याङ्ग लागेर रुपन्देहीमा एक जनाको मृत्यु

मंगलबार विहान रुपन्देहीको सियारी गाउँपालिकामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै  चट्याङ्ग लागेर  जिल्लाको  सियारी गाउँपालिका–२ निवासी ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार खेतमा काम गर्न गएको बेला विहान साढे ८ बजेको समयमा  चट्याङ्ग लागेर बरहीको मृत्यु भएको  र उनको शव पोष्टमार्टमका लागि अहिले भैरहवाको भीम अस्पतालमा ल्याइएको छ ।

मकवानपुरमा चट्याङ्ग लागेर एक जनाकाे ज्यान गयाे

मकवानपुर - मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमारमा चट्याङ्ग लागेर एक जनाको ज्यान गएकाे छ । चट्याङ्ग लागेर ३७ वर्षीया जमुनामाया मोक्तानकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । प्रनाउ कार्कीका अनुसार हिजाे बेलुका चट्याङ्ग लागेर मोक्तानको घटनास्थलमै ज्यान गएकाे हाे । उहाँको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जनाइएको छ ।

जाजरकोटमा चट्याङ्ग लागेर एक जनाको ज्यान गयाे

जाजरकोट - जाजरकोटमा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ ।  हिजो बेलुका परेको चट्याङ्ग लागेर बारेकोट गाउँपालिका वडा नम्बर १ कोटेलीकी १६ वर्षकी सम्झना गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । हिजाे बलेुका खाना पकाउँदै गरेकाे बेला उनलाई चट्याङ्ग लागेकाे थियाे ।  नेपालगञ्जमा एसईईपछि तयारी कक्षा पढ्दै गरेकी उनी तीज मान्न घर गएकी थिइन् ।

भारतमा चट्याङ्ग लागेर ३५ जनाको ज्यान गयो

काठमाण्डाै - भारतको उत्तर प्रदेशमा चट्याङ्ग लागेर २८ जनाको ज्यान गएको छ । चट्याङ्ग लागेर उत्तर प्रदेशका विभिन्न ठाउँमा २८ जनाको ज्यान गएको हो । केही गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले ज्यान गुमाउनेका परिवारलाई राहत स्वरुप चार/चार लाख रुपैयाँ दिने घोषणा गर्नु भएको छ । यस्तै, राजस्थानमा पनि चट्याङ्ग लागेर सात जनाको ज्यान गएको छ । हिजो भारतका विभिन्न राज्यमा चट्याङ्गसहित ठूलो वर्षा भएको भारतीय अधिकारीले बताएका छन् ।

आजको मौसम : केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । आज देशका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १ लगायत देशका पहाडी भू–भागका केही स्थानमा र तराईका केही भू–भागमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बङ्गाल तथा […]

चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, १८ वैशाख । आज दिउँसो र राति चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ। यस्तै देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग […]

मौसम पूर्वानुमानः चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।भने, देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा भइरहेको छ। यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केहि र तराईका भूभागका थोरै स्थानहरूमा  दिउँसो मेघगर्जन, चट्याङ्ग र

तेह्रथुमको आठराईमा चट्याङ्ग लागेर एक जनाकाे ज्यान गयाे

पाँचथर - तेह्रथुमको आठराई गाउँपालिका-४ ईवामा चट्याङ्ग लागेर एक जनाकाे ज्यान गएकाे छ ।  बुधवार साँझ चट्याङ्ग लागेर ईवाका ४७ वर्षीय लोकमान गुरूङको ज्यान गएको प्रहरीले जनाएको हाे । घरमै बसेका गुरूङलाई चट्याङ्ग लागेको थियो । मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सङ्क्रान्ति बजारमा राखिएको इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारले जनाएको छ ।

रुकुम पश्चिममा चट्याङ्ग लागेर श्रीमानकाे ज्यान गयो, श्रीमती घाइते

रुकुम पश्चिम - रुकुम पश्चिममा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । मुसीकोट नगरपालिका ६, गवारीका अन्दाजी ४२ वर्षीय भीमबहादुर बोहराको गएराति चट्याङ्ग लागेर ज्यान गएको हो । चट्याङ्ग लागेका बोहराको घरमै ज्यान गएको प्रहरीले जनाएको छ । बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताउनुभयो । चट्याङ्ग लागेर बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते हुनभएकाे प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उप...