रुकुम पश्चिममा चट्याङ्ग लागेर श्रीमानकाे ज्यान गयो, श्रीमती घाइते

रुकुम पश्चिम - रुकुम पश्चिममा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । मुसीकोट नगरपालिका ६, गवारीका अन्दाजी ४२ वर्षीय भीमबहादुर बोहराको गएराति चट्याङ्ग लागेर ज्यान गएको हो । चट्याङ्ग लागेका बोहराको घरमै ज्यान गएको प्रहरीले जनाएको छ । बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताउनुभयो । चट्याङ्ग लागेर बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते हुनभएकाे प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उप...

सम्बन्धित सामग्री

एकैदिन चट्याङ्ग लागेर २ मृत्यु, १३ जना घाइते

एकैदिन देशका विभिन्न स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्युठान, दैलेख र रुकुम पश्चिमका विभिन्न स्थानमा सोमबार चट्याङ लागेर उनीहरुको मृत्यु तथा घाइते भएका हुन् । प्युठानको ऐरावती– ६ बिजुलीकोट बस्ने १२ र ७ वर्षका दुई बालकको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । सोही स्थानमा चट्याङ लागेर अन्य पाँच जना घाइते भएका छन् ।

रुकुम पश्चिममा चट्याङ्ग लागेर चार जना घाइते

रुकुम - रुकुम पश्चिममा हिजाे बेलुका चट्याङ्ग लागेर चार जना घाइते भएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका-९ की ४० वर्षकी रेवती कामी, ७३ वर्षका वीरपत खड्का, ५३ वर्षकी मनकला ओली र ३४ वर्षकी झरना डाँगी चट्याङ्ग लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनु भयाे ।  प्रहरी निरीक्षक शर्माका अनुसार घाइतेमध्ये वीरपत, मनकला र झरनाको अवस्था गम्भीर भएपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्...