दाङ : तुलसीपुरमा करेन्ट लागेर ज्यान गुमाएका एक युवकको परिवारलाई ४५ हजार रुपैयाँ राहत प्रदान गरिएको छ।तुलसीपुर उपमहानगरपालिका ११ बाघखोली निवासी २० वर्षीय बिपिन सुनारको करेन्ट लागेर बिहीबार निधन भएको थियो।उनका परिवारलाई वडा कार्यालयले किरिया खर्च स्वरूप २५ हजार र उपमहानगरले २० हजार गरी ४५ हजार प्रदान गरिएको वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिए।यस्तै वडा कार्यालयमा बसेको बैठकले स्वर्गीय सुनारको बुवा उदय सुनारलाई राहत स्वरुप रकम प्रदान गर्ने निर्णय भएको हो। वडाले एक होनहार युवा गुमाएकोमा शोक
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका दम्पतीका आश्रितलाई आज ५० हजार रुपैयाँ किरिया खर्चबापतको रकम हस्तान्तरण गरेको छ।नगरपालिकाको वडा नं १२ का हात्तीको आक्रमणबाट ज्यान गुमाएका ध्वजबहादुर कार्की र मथुरा कार्कीका परिवारलाई नगरप्रमुख दिलबहादुर ऐर र नगर उपप्रमुख तुलसीदेवी हमालले घरमै पुगेर किरिया खर्चबापतको रकम हस्तान्तरण गरेका हुन्।गत बुधबार कार्की दम्पतीलाई हात्तीले घरआँगनमै आक्रमण गरी ज्यान लिएको थियो। किरिया खर्चबापतको रकम हस्तान्तरण गर्दै नगर प्रमुख ऐरले जनप्रतिनिधि
बुटबल– रुपन्देहीको मोतिपुरमा आइतबार भएको झडपमा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने भएको छ । प्रदेश सरकारले ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख किरिया खर्च दिने निर्णय गरेको हो । औद्यागिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने व्यक्तिहरूले प्रहरीलाई पेट्रोल बम प्रहार गरेपछि आइतबार दोहोरो झडप भएको थियो । त्यसक्रममा प्रहरीले […]
त्रिशूली । नुवाकोटको ककनी गाउँपालिकाले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई किरिया खर्च वापत् २५ हजार र सङ्क्रमितलाई पाँच हजार उपलब्ध गराउने भएको छ । गाउँ कार्यपालिकाको बुधबारको बैठकले कोरोना रोगबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई स्थानीय सरकारको तर्फबाट किरिया खर्च वापत रु।२५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए । ककनी गापामा पछिल्लो […]
त्रिशूली, २० जेठ: नुवाकोटको ककनी गाउँपालिकाले कोरोना लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्चवापत रु २५ हजार र कोरोना रोगबाट सङ्क्रमित पुष्टि भएका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउने भएको छ । कार्यपालिकाको बुधबारको बैठकले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई स्थानीय सरकारका तर्फबाट किरिया खर्चवापत रु २५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले […]