काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज (सोमबार) दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अंकले ओरालो लागेर १ हजार ८५१ मा सीमित भएको छ। आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ३८ अंकले ओरालो लागेर ३५५ दशमलव ७४ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट आएको छ। विभिन्न कम्पनीका ४८ लाख ३७ हजार ८९३ कित्ता शेयर १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँ मूल्यम