राष्ट्रिय जनता दल (राजद)का अध्यक्ष लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल भएको छ । लालु यादवका छोरा तथा बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले अस्पतालबाट शल्यक्रियापछिको भिडियो ट्वीट गरेका छन् ।उनले अहिले लालुप्रसाद यादवलाई आईसीयूमा सारिएको बताएका छन् । दाता रोहिणी आचार्य र लालुप्रसाद यादव दुवै स्वस्थ छन् । लालु यादवको सिङ्गापुरको माउन्ट एलिजाबेथ अस्पतालमा शल्यक्रिया गरिएको छ । उनलाई मिर्गौला दिने उनकी छोरी रोहिणी आचार्य सिंगापुरमा बस्छिन् ।गत महिना लालुप्रसाद यादव र उनकी छोरी रोहिण