झापा : नेपाल भ्रमणमा आएका दुबईका राजकुमार भनिएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम दुबईका असली राजकुमार नभएको खुलासा भएको छ।दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार नेपाल भ्रमणको क्रममा झापा आएको भन्दै शनिबार सञ्चारमाध्यममा समाचार आयो। दुबईको राजकुमार नेपाल भ्रमण आएको बारेमा परराष्ट्र मन्त्रालयसहित देशका उच्च सुरक्षा निकायहरूलाई नै थाहा थिएन।सञ्चारमाध्यममा राजकुमारको बोरमा समाचार आएपछि सुरक्षा संयन्त्रभित्रै खैलाबैला मच्चियो।दुबईका राजकुमार आउँदा नेपाल सरकारले विशेष कूटनीतिक मान्यता दिनुपर्ने हुन्