नेपाल भ्रमणमा आएका दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सर्कुलर गरिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको निमन्त्रणामा आएका उनी अहिले झापामा छन् । प्रहरी प्रधान कार्यालयले उनी सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।आइतबार बिएमसी मेडिकल कलेजमा आयोजित कार्यक्रममा सहभागी शेख मोहम्मदले सुरक्षाको कारण केचनावल लगायत दुई ठाउँमा जाने कार्यक्रम रद्ध गरेका थिए ।&nb