काठमाडौँ : दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन्।प्रसाईँकै निमन्त्रणामा तीन दिने भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेका राजकुमारले झापा पुगेर विमानस्थलमै उपहार दिएका हुन् । श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी विमानस्थल पुगेका राजकुमारलाई प्रसाईंले स्वागत गरेका थिए । राजकुमार मोक्तुमले झापामा दुई दिन बिताउने कार्यक्रम छ। झापासँगै काठमाडौं र पोखराको भ्रमण गर्ने तयारी छ । उनले बिर