३८ वर्षदेखि चेपाङ विकास कार्यक्रम अलपत्र, बस्ती स्थान्तरण गर्ने तयारी

सीताराम अधिकारी/उज्यालो । धादिङ, पुस २२ – नेपाल सरकारले २०३६ सालदेखि धादिङ जिल्लामा चेपाङ विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले चलाएको...

सम्बन्धित सामग्री

लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजनाको तयारी सुरु भएको छ। आगामी अक्टोबरमा लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजना गर्ने तयारी सुरु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए। विगत केही वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय शान्ति पुरस्कार बौद्ध शिखर सम्मेलनकै अवसरमा वितरणका लागि प्रक्रियाअघि बढाउने निर्णय गरेको उनको भनाइ छ। बुद्ध […]

मेलम्चीको खानेपानी आउँदो पुसमा मात्रै काठमाण्डाैमा वितरण गर्ने तयारी

काठमाण्डाै - बर्खामा बाँध बन्द गरेर रोकिएको मेलम्चीको खानेपानी आउँदो पुसमा मात्रै काठमाण्डाैमा वितरण गर्ने तयारी भएको छ । दशैँलगत्तै पानी पठाउने भनिए पनि स्थानीय बासिन्दाका माग सम्बोधन गर्नेदेखि सडक मर्मतको काम नसकिएकाले मेलम्चीको पानी वितरणमा ढिलाइ भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यसपालि बर्खामा बाढीले पुर्याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको बाँधबाटै पानी रोकेको थियो । मेलम्चीको बाँधतर्फ जाने १३ किलो मिटर सडक गएको वर्षदेखि नै बिग्रिएको थियो । मेलम्ची पुल...

हेटौँडामा एक वर्षदेखि टेण्डर लगाउनबाट रोकिएको वाग्मती प्रदेशको सिंहदरबार यस्तो छ

मकवानपुर - वाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रदेशको सिंहदरबार कस्तो निर्माण गर्ने भनेर एक वर्ष अगाडिदेखि सबै डिजाइन तयारी अवस्थामा छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनाले मुख्यमन्त्री कार्यालय र ६ वटा मन्त्रालय निर्माण गर्नका लागि सबै तयारी पूरा गरे पनि टेण्डर निकाल्न सकेन । अहिलेको मुख्यमन्त्रीको निवासदेखि वन मन्त्रालय, मुख्यमन्त्री कार्यालय अघिल्तिर रहेको साविकको जिल्ला विकास समितिको पुरानो भवन रहेको क्षेत्र, सहरी विकास तथा भवन कार्यालय, खानेपानी तथा सर...

लुम्बिनी प्रदेशमा डेढ वर्षदेखि रिक्त चार संसदीय समितिले पाए पूर्णता

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको समयमा लुम्बिनी प्रदेशका विभिन्न विषयगत संसदीय समितिलाई बिहीबार पूर्णता दिइएको छ । डेढ वर्षदेखि रिक्त रहेका ४ विषयगत समितिको नेतृत्व बल्ल चयन भएको हो ।६ विषयगत समितिमध्ये अर्थ, उद्योग तथा पर्यटन समिति, कृषि, वन तथा वातावरण समिति, सामाजिक विकास समिति र सार्वजनिक लेखा समिति नेतृत्वविहीन थिए । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले रातोपाटीलाई दिएको जानकारी अनुसार ती समितिका सभापतिमा एकल उम्मेदवारी परेको थियो । बिहीबार ती चारै

देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा

चितवन- कोभिड–१९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको बोलबम मेला यस वर्ष हुने भएको छ । देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा पुर्‍याइएको छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार उत्सवका रूपमा मनाइने बोलबम मेलाका लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले देवघाट […]

कोभिडका कारण हुन नसकेको बोलबम मेला यसवर्ष हुने

काठमाडौँ,१ साउन । कोभिड–१९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको बोलबम मेला यसवर्ष हुने भएको छ । देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा पु¥याइएको छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार उत्सवका रुपमा मनाइने बोलबम मेलाका लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री […]

कोभिडका कारण हुन नसकेको बोलबम मेला यसवर्ष हुने

कोभिड–१९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको बोलबम मेला यस वर्ष हुने भएको छ । देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा पुर्याइएको छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार उत्सवका रुपमा मनाइने बोलबम मेलाका लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले देवघाट …

सरकारले पहिलोपटक ‘राष्ट्रिय पात्रो’ प्रकाशन गर्ने

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा  ल्याउने भएको छ।समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए। ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको समितिले यसअघि अन्य पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिने काममात्र गर्दै आएको थियो

सरकारले पहिलो पटक ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्ने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा  ल्याउने भएको छ । समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको समितिले यसअघि अन्य पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिने काममात्र गर्दै आएको थियो । यही सातासम्म

दुई वर्षदेखि बन्द दामन रिसोर्ट र भ्यूटावर पुनः सञ्चालनको तयारी

भदौ ७, टिस्टुङ । दूरबिनको अभाव र जीर्ण संरचनाकैबीच मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित दृश्यावलोकन स्तम्भ (भ्यूटावर) र रिसोर्ट पुनः सञ्चालनको तयारी गरेको छ । यसका लागि नगरपालिकाले एक वर्षको ठेक्का आह्वान गरेको छ ।  स्थानीय तहमा जनप्रतिनिधि आउनेवित्तिकै नगरपालिकाले पहिलो वर्ष नै ठेक्का आह्वान गरी हेटौँडाको प्रकाश होटल इन्टरनेशनललाई पाँच वर्षका लागि ठेक्का दिएको थियो ।  सम्झौता अवधि पूरा नहुँदै नगरपालिका र प्रकाश इन्टरनेशनलबीचको ठेक्का सम्झौता भंग भएपछि बाँकी एक वर्षका लागि नगरपालिकाले ठेक्का आह्वान गरेको हो । प्रकाश होटलसँग पाँच वर्षका लागि ठेक्का सम्झौता भए पनि सो रिसोर्ट र भ्यूटावर दुई वर्षदेखि बन्द छ । भ्यूटावरमा दूरबिन राखिदिन नगरपालिकालाई पटकपटक आग्रह गरे पनिे सोको बेवास्ता गर्दा दामन रिसोर्ट सञ्चालन गर्न समस्या भएको प्रकाश होटल इन्टरनेशनलले जिकिर गर्दै आएको थियो । पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण लकडाउन हुँदा व्यवसाय नै चौपट भएपछि अन्ततः बक्यौता भाडा बुझाएर होटलले भ्यूटावरबाट हात झिक्यो । अहिले नगरपालिकाले यथावस्थामा नै रिसोर्ट तथा भ्यूटावर सञ्चालन गर्नेगरी ठेक्का आह्वान गरेको छ । न्यूनतम रू. तीन लाख २० हजार कायम गरी एक वर्षका लागि रिसोर्ट तथा भ्यूटावर भाडामा दिन ठेक्का आह्वान गरिएको नगर उपप्रमुख खड्ग गोपालीले जानकारी दिए ।  रिसोर्ट र भ्यूटावर सञ्चालनको ठेक्का पाउने व्यवसायीले  भ्यूटावर, किचेन, स्टोर, रेष्टुराँ र  भ्यूटावर अगाडिको हल मात्र प्रयोग गर्न पाउने नगरपालिकाले जानकारी दिएको छ । ‘यसअघि प्रयोगमा रहेका बेड रुम (लज) प्रयोग गर्न नपाउनेगरी निर्णय भएको छ’, उनले भने ।  यसअघि नगरपालिकाको कुनै प्रकारको बाँकी बक्यौता रहेको व्यक्ति, फर्म वा कम्पनीले बोलपत्रमा भाग लिन नपाउने सूचनामा जानकारी दिइएको छ । रिसोर्ट र भ्यूटावर सञ्चालनका क्रममा विद्युत् महसुल र पानी महसुल व्यवसायीले नै बुझाउनुपर्ने तथा रिसोर्ट सुरक्षाका लागि मूलगेटमा सुरक्षा गार्डको व्यवस्था अनिवार्य रुपमा व्यवसायी स्वयम्ले नै गर्नुपर्ने नगरपालिकाले जानकारी दिएको छ ।  विसं २०२१ मा निर्माण गरिएको दामन भ्यूटावर लामो समय केन्द्रीय सरकारको मातहत रहेकोमा पछिल्लो समय तत्कालीन जिल्ला विकास समिति हुँदै नगरपालिका मातहत आएको थियो । रासस