नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको छ । समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको समितिले यसअघि अन्य पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिने काममात्र गर्दै आएको थियो । यही सातासम्म