मकवानपुर- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मकवानपुरका मूमिहीन दलितलाई लालपुर्जा वितरण गरेकी छन् ।राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई उनले जग्गाधनी पुर्जा वितरण गरेकी हुन् ।मन्त्री श्रेष्ठले संविधानको मौलिक हकअन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई पहिलो […]