काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ को पहिलो र दोस्रो लहरले शिथिल बनेर भर्खर सुधारोन्मुख रहेको अर्थतन्त्रले फेरि अर्को निषेधाज्ञा थेग्न नसक्ने बताएका छन् । अब अर्थतन्त्र प्रभावित नै हुने गरी पुन: निषेधाज्ञा गर्न नहुनेमा शर्माको जोड छ । केही दिन यता कोभिड सङ्क्रमण बढ्दै गएकाले फेरि निषेधाज्ञा हुने हल्ला चलिरहेका बेला अर्थमन्त्रीबाट उक्त अभिव्यक्ति […]