चालु आर्थिक वर्षको पहिलो चैमासिक बितिसक्दा पनि सरकारले वैदेशिक अनुदान रकम ल्याउन सकेको छैन । वैदेशिक अनुदानबाट स्रोत बेहोरिने भनी बजेटमा राखिएका विकास आयोजनाको काम प्रभावकारी नहुँदा यस्तो अवस्था देखिएको हो । यस वर्ष ५९ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक अनुदान भित्र्याउने सरकारी लक्ष्य छ । तर मंसिर दोस्रो सातासम्म वैदेशिक अनुदान शून्य छ ।