सरकारले चालु आर्थिक वर्षको बजेटमा ५५ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक अनुदान ल्याउने लक्ष्य राखेको छ । वर्ष सकिन १३ दिनमात्र बाँकी हुँदा १५ अर्ब ७२ करोड अनुदान आएको छ । यो सरकारले राखेको लक्ष्यको २८.३४ प्रतिशतमात्र हो । यो तथ्यांकले चालु आवमा राजस्व असुली गर्न असफल सरकार वैदेशिक अनुदानको लक्ष्यमा पनि चुकेको देखाउँछ । […]