नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति बाहेकका पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना बुधवारबाट शुरू हुँदैछ ।
सभापतिका लागि मंगलवार भएको मतगणनाको नजिता मध्यरातमा सकिएलगत्तै अब पदाधिकारीको मतगणना शुरू हुन लागेको हो ।
पदाधिकारीमध्ये पनि महामन्त्रीको मतगणनालाई सर्वाधिक चासोका साथ हेरिएको छ ।
महामन्त्रीका लागि चर्चित युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल तथा रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र सह–महामन्त्री डा. प्रकाशशरण महत प्रतिस्पर्धामा छन् । सभापतिको पहिलो राउन्डबाट बाहिरिएका विमलेन्द्र निध...