पोखरा – दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे सिरुबारी। ग्रामीण पर्यटनले अन्तर्राष्ट्रिय जगतमा समेत चर्चित सिरुबारीसँगै पहिचान जोडिन्छ दरौंपनि। गीतसंगीतमा पनि दरौंसिरुबारीको चर्चा हुन्छ। दरौं र सिरुबारी चर्चाको चुली उक्लिँदा बीचैको माझकटेरी गाउँ भने ओझेलमा छ। दरौंसिरुबारी पुग्न पाहुनाहरू माझकटेरी हुँदै जानुपर्छ। तर, माझकटेरीमा न पाहुना रोकिन्थे न त गाउँको नाम नै सम्झन्थे। अमेरिकामा बस्दै आएका […]