संखुवासभा : स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दै चिचिला गाउँपालिकाले विद्यालयमा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालयले भने कोरोना संक्रमण जोखिम कामयै रहेको भन्दै साउन २४ सम्म निषेधाज्ञा जारी गरेको छ।कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएका चिचिलाका ६ वटै वडाका विद्यालयहरुमा पठनपाठन सुरु भएको छ। गाउँपालिकाको निर्णयपछि विद्यालयमा भौतिक रुपमै उपस्थित भएर आइतबारदेखि पठनपाठन सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी