कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति

यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डा. दिलबहादुर विष्टले बाढी र डुबानका कारण १२ देखि १३ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षति पुगेको बताए । “अहिले वडास्तरबाट क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ”, उनले भने, “डुबानले सबैभन्दा बढी क्षति यहाँको दक्षिणी क्षेत्र, शुक्लाफाँटा, बेदकोट र दोधारा चाँदनी नगरपालिकातिर भएको देखिन्छ ।” कञ्

सम्बन्धित सामग्री

३८ करोडको धान क्षति, राहत दश करोड

बाँके, फागुन २७ । बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले माग गरेभन्दा धेरै कम रकम आएपछि किस्तामा राहत रकम दिने निर्णय गरेको हो । बाँकेको आठ वटा पालिकामा ३८ करोड ४१ लाख ८६ हजार एक सय ६५ रुपियाँ बराबरको […]

बेमौसमी वर्षाले पु-याएको क्षतिको राहतका लागि १० करोड

दाङ-बेमौसमी वर्षाले धान क्षति पु-याएका कृषकलाई राहतका लागि जिल्लामा १० करोड बजेट आएको छ ।जिल्ला प्रशासन कार्यालय दाङको नाममा उक्त रकम आएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले जानकारी दिए । कृषकको धान बालीमा क्षति पुगेको लामो समय पछि संघीय सरकारले राहत रकम पठाएको हो ।उक्त रकम कृषि बालीमा क्षति पुगेका […]

सरकारले तोकेको मापदण्डका आधारमा मात्र धान किनिने

कैलाली/कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ । कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जनाएको हो । गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ मेट्रिकटन धान क्षति …

खाद्य संस्थान भन्छ–धान किन्छौं, तर स्तरीय मात्रै

महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ । कैलाली/कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जनाएको हो । गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ मेट्रिकटन धान क्षति […]

कञ्चनपुरमा ६९ हजार मेट्रिक टन धान क्षति

गत कात्तिक पहिलो हप्ता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ मेट्रिक टन धान क्षति भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. डिलबहादुर विष्टले यस पटक १ लाख ९३ हजार ९८४ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए । ‘उत्पादन भएकोमध्ये ६९ हजार २७३ मेट्रिक टन क्षति भयो,’ उनले भने, ‘कूल ४८ हजार ४९३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमध्ये करीब ३५ प्रतिशत क्षति हुन पुग्यो ।’ धान खेती समेट्ने बेला आएको वर्षातले खेतमै धान कुहिनुका साथै बाढीले बगाएर लगेको थियो । खेतीको विवरण संकलन गर...

बाँकेमा ४८ हजार किसानको दुई अर्ब रुपियाँ बराबरको धान क्षति

कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले बाँकेमा २० हजार हेक्टरमा लगाएको ८५ हजार मेट्रिक टन बढी धान क्षति पुगेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।

२५ करोड ४० लाखको धान क्षति

भरतपुर-एक महिना पहिलेको बेमौसमी वर्षाका कारण २ हजार ५ सय बढी हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार २५९१. १८ हेक्टरको धान पूर्णरुपमा क्षति भएको छ । असोज २९ देखि लगातार ४ दिनको बेमौसमी झरिले पाकेको धान खेतमै ढुवानमा परेको थियो ।योजना अधिकृत उमराज अर्यालका अनुसार सबैभन्दा धेरै खैरहनी […]

धान क्षति व्यहोरेका पीडितलाई क्षतिको आधारमा राहत उपलब्ध गराउने निर्णय

सरकारले हालैको बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गरेको छ ।  मन्त्रिपरिषद्को कात्तिक ८ गतेको बैठकले बेमौसमी वर्षापछि बाढी र डुबानका कारण धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।  कार्यदलमा गृहमन्त्रालयका सचिवलाई संयोजक तोकिएको थियो । सदस्यहरुमा कृषि मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव, संघीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव छन् । कार्यदललाई ३ दिनको समयसीमा दिइएको थियो ।...

बेमौसमी वर्षा :  २ लाख हेक्टरको धान क्षति, २० प्रतिशत उत्पादन घट्ने अनुमान

काठमाडौं : केही दिनदेखि लगातार परेको पानीले धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। धान भित्र्याउने समयमा देशभर परेको पानीले डुबाएर करिब २ लाख हेक्टरको धान पूर्ण क्षति भएको कृषि मन्त्रालयले जनाएको छ। देशभर १३ लाख ४२ हजार ८ सय १९ हेक्टरमा धान खेती गरिएको थियो। यसमध्ये करिब २ लाख हेक्टरको धान खेती पूर्ण क्षति भएको हो।निरन्तर परेको पानीका कारण पश्चिमदेखि पूर्वका पहाड र तराईका अधिकांश भूभाग डुबानमा परेको थियो।  बेमौसमी पानीले भित्र्याउने लागेको धान खेतमै डुबेसँ