सुदूरपश्चिममा ६ अर्बको धान क्षति, १ महिनापछि मिलेको राहत जम्मा १३ किलो गहुँको बिउ !

असोज ३१ देखि कात्तिक २ गतेसम्मको बेमौसमी वर्षा तथा बाढीबाट सदूरपश्चिम प्रदेशमा करीब ६ अर्ब बराबरको धानबाली क्षति भएको छ ।  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धनगढीको तथ्यांक अनुसार ५ अर्ब ९५ करोड ७ लाख रुपैयाँको क्षति भएको छ । सबैभन्दा बढी कैलाली जिल्लामा ४ अर्ब ६३ करोड ३४ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ । कैलालीमा ५० प्रतिशत जमिनमा रोपिएको धानबाली पूर्ण क्षति भएको छ भने कञ्चनपुर जिल्लामा १ अर्ब १६ करोड १५ लाख रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको तथ्यांकमा छ । तर कैलारी गाउँपालिकाबाहे...