काठमाडौं : यातायात व्यवस्था विभागले सवारीहरूमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने भएको छ। सवारी धनीले सवारी साधनमा अत्याधुनिक इम्बोस्ड नम्बर प्लेट जडानमा आलटाल गरेपछि विभागले एक सूचना निकालेर कारबाहीको चेतावनी दिएको हो।विभागद्वारा जारी सार्वजनिक सूचनामा साउन १ गते भित्र बागमती र गण्डकी प्रदेश भित्रका सवारी धनीले सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनिएको छ। त्यसपछि ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने र तोकिए अनुसार इम्बोस्ड प्लेट जडान नगरेको पाइएमा सवारी तथा यातायात व्यवस्था