भारत र पाकिस्तानको बिग्रिँदो सम्बन्धले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) पनि चिन्तित बनेको छ । भारत-पाकिस्तानको लडाइँ आईसीसीका लागि टाउको दुखाइ बनेको छ ।
७ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले तीन दिने भ्रमणका क्रममा नेपालमा छन् । वुमेन्स प्रिमियर लिग (डब्ल्युपीएल) का क्रममा भारत आएका उनी त्यसै सिलसिलामा मंगलबार नेपाल आएका थिए । बुधबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरे भने यसअघि मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य […]
आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने भएका छन्। आइतबार हुने फाइनल खेलमा यी दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेसँगै फाइनल समीकरण पूरा भएको हो। गएराति सकिएको खेलमा पाकिस्तानले दिएको १ सय ८० रनको लक्ष्य अष्ट्रेलियाले ४९ दशलमव १ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो। अष्ट्रेलियाको जितमा ह्यारी डिक्सनले ५० रन बनाए। ओलिभर पिएक ४९ रनमा आउट भए। पाकिस्तानका अलि राजाले ४ तथा अरफत मिन्सा
भारत संग फराकिलो हार संगै आईसीसी यू १९ विश्वकप क्रिकेटमा नेपालले आफनो यात्रा टुङगाएको छ । सुपर सिक्सको शुक्रबार भएको अन्तिम खेलमा नेपाल भारत संग १३२ रनको फराकिलो अन्तरले पराजित भयो । यो पराजय भारतसंगको लगातार तेश्रो पटकको हो । यसअघि सन् २००० मा भएको पहिलो भेटमा नेपाल नेपाल ८ विकेटले पराजित भएको थियो। त्यस्तै […]
भारत अष्ट्रेलियामा जारी आईसीसी टी २० विश्वकप क्रिकेटमा भारत सेमिफाइनलमा पुगेको छ।आइतबार बिहान नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएसँगै भारत एक खेलअगावै अन्तिम चारमा पुगेको हो ।अष्ट्रलियाको एडिलेटमा भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले हराएको हो ।यससँगै भारत चौथो पटक टी २० विश्वकपको सेमिफाइनलमा पुगेको हो।४ खेलमा ६ अंक जोडेको भारत समूह २ को शीर्ष स्थानमा छ। अन्तिम खेलमा भारतले आइतबार नै जिम्बावेको सामना गर्नेछ।
आईसीसी टी–२० विश्वकप क्रिकेटमा आइतबार पाकिस्तान र बंगलादेश तथा भारत र जिम्बाब्वे भिड्दैछन्। अष्ट्रेलियामा जारी विश्वकप प्रतियोगिताअन्तर्गत समूह २ का पाकिस्तान र बंगलादेशबीचको खेल बिहान पौने १० बजे सुरु हुँदैछ। यो खेलमा बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गर्ने लक्ष्यमा पाकिस्तान हुनेछ। समूहमा समान अंक जोडेको बंगलादेश पनि सेमिफाइनलकै लक्ष्यमा हुनेछ । यही समूहका भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलबर्नमा हुँदैछ। भारत पनि आइतबारको खेल जित्दै सेमिफाइनलको
काठमाडौं । आईसीसी टी–ट्वान्टी क्रिकेटमा अहिले दक्षिण अफ्रिका र नेदरल्याण्ड्स भिडिरहेका छन् । अष्ट्रेलियाको एडलेडमा जारी खेलमा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्याण्ड्सले पहिले व्याटिङ गरिरहेको छ । यो खेल जित्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ । आज आइतबार नै बिहान पौने १० बजे सोही मैदानमा हुने खेलमा पाकिस्तान र बंगलादेश […]
आईसीसी टी–२० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। खेल मेलवर्नमा दिउँसो पौने २ बजे शुरु हुनेछ। यसअघि गत वर्ष यूएईमा भएको टी–२० विश्वकपमा पहिलो पटक भारतमाथि पाकिस्तानले १० विकेटको शानदार जित निकालेको थियो।अन्तर्राष्ट्रिय टी २० मा भारत र पाकिस्तानले अहिलेसम्म ११ खेल खेलेका छन्, जसमा भारतले सात र पाकिस्तानले तीन खेलमा जित निकालेका छन् भने एक खेल बराबरी खेलेका छन्। यसअघि शनिबार भएको खेलमा अस्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको थियो।
इंग्ल्यान्डले यस अघि सन् १९९८ मा दक्षिण अफ्रिकामा आयोजना भएको दोस्रो संस्करणको उपाधि जितेको थियो । इंग्ल्यान्डले न्यूजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो ।
एजेन्सी। अन्र्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का सिईओ ज्याफ एलार्डिसले आईसीसी वल्र्ड टेष्ट च्याम्पियनशिपको उपाधि जित्ने टोलीले १.६ मिलियन पाउने घोषणा गरेका छन्। त्यस्तै च्याम्पियनशिपको उपविजेता टोलीले ०.८ मिलियन डलर पाउने बताइका छन्। त्यस्तै च्याम्पियनशिपको फाइनल बराबरीमा सकिएमा दुवैलाई पुरस्कार राशी बराबर बाँडिने आईसीसीले जनाएको छ।च्याम्पियनशिपको फाइनलमा भारत र न्युजिल्यान्ड पुगेका छन्। दुई टोलीले च्याम्पियनशिपको फाइनल १८ देखि२२ जुनसम्म खेल्ने तालिका छ।