आईसीसी क्रिकेट विश्वकपमा ९ वटा खेलकाे मिति हेरफेर, भारत–पाकिस्तानबीचकाे खेल अक्टाेबर १४ मा

काठमाण्डाै – आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तन भएसँगै बाँकी आठ वटा खेलको पनि मिति हेरफेर भएको छ । भारत र पाकिस्तानबीचको खेल शुरुमा अक्टोबर १५ तारिखमा अहमदाबादमा हुने भनिएको थियो तर घटस्थापनाको दिन परेकाले सुरक्षालाई ध्यान दिँदै एक दिनअघि अर्थात् अक्टाेबर १४ मा सारिएको आईसीसीले जनाएको छ । १० अक्टोबरमा हुने इङ्ग्ल्याण्ड र बङ्गलादेशबीचको खेलमा मिति नभई समय मात्रै परिवर्तन भएको छ । यस्तै पाकिस्तान र श्रीलङ्काबीच अक्टोबर १२ तारिखमा हुने तय भएको खेल अब अक्टोबर १० तारि...