आईसीसी टी–२० क्रिकेट : पाकिस्तान र बंगलादेश तथा भारत र जिम्बाव्बे भिड्ने

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आइतबार पाकिस्तान र बंगलादेश तथा भारत र जिम्बाब्वे भिड्दैछन्। अष्ट्रेलियामा जारी विश्वकप प्रतियोगिताअन्तर्गत समूह २ का पाकिस्तान र बंगलादेशबीचको खेल बिहान पौने १० बजे सुरु हुँदैछ। यो खेलमा बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गर्ने लक्ष्यमा पाकिस्तान हुनेछ। समूहमा समान अंक जोडेको बंगलादेश पनि सेमिफाइनलकै लक्ष्यमा हुनेछ । यही समूहका भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलबर्नमा हुँदैछ। भारत पनि आइतबारको खेल जित्दै सेमिफाइनलको