क्यान ईपीएलको विवाद चुलिँदो : कानुनी उपचार खोज्न सर्वोच्च पुगे ईपीएल र फ्रेन्चाइजी

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को निर्णयविरुद्ध एभरेस्ट प्रिमियर लिग (ईपीएल) सर्वोच्चको ढोका ढक्ढक्याउन पुगेको छ। ईपीएलको आगामी संस्करणलाई स्वीकृति नदिने क्यानको निर्णयलाई लिएर कानुनी बाटो रोजेको हो। क्यानले एभरेस्ट प्रिमियर लिग (ईपीएल)लाई लक्षित गरेर जारी गरेको पछिल्लो विज्ञप्ति र नेपाली टी-२० लिग सञ्चालनमा लागि भारतीय कम्पनी सेभेन थ्री…

सम्बन्धित सामग्री

जब क्यान नै गैरजिम्मेवार सम्झौताका लागि अघि सर्‍यो

काठमाडौं । गत जेठ ४ गते नेपाली क्रिकेटका लागि एक ऐतिहासिक क्षण थियो । घरेलु क्रिकेटमा ईपीएल, डीपीएल र पीपीएल टी–ट्वान्टी क्रिकेट लिगको चर्चा चलिरहेको समयमा नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नै ‘नेपाल टी–ट्वान्टी लिग’को घोषणा

नेपाल टी–२० लिग आयोजनामा बाधा छैनः क्यान अध्यक्ष चन्द

२ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–२० को आयोजनाका लागि सर्वोच्च अदालतमा विचाराधीन मुद्दाले असर नगर्ने बताएका छन् । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को आयोजक एभरेष्ट प्रमियर लिग प्रालिले विदेशी कम्पनीलाई विदेशी कानूनअनुसार नेपाल टी–२० लिग व्यवस्थापनको जिम्मा दिएकोमा अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेको थियो । सोमबार टिम […]

ईपीएल आयोजना गर्न स्वीकृति नपाएपछि सर्वोच्चमा रिट दायर

काठमाडौं, १२ जेठ । एभरेष्ट प्रिमियर लिग (इपिएल) को आगामी संस्करणको लागि नेपाल क्रिकेट संघ (क्यान)ले अनुमति नदिएपछि सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । ईपिएलले क्यानलाई विपक्षी बनाएर अन्तरिम आदेशको मागसहित सर्वोच्चमा बुधबार रिट दायर गरेको हो । क्यान आफैले क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग आयोजना गर्ने भएकोले फ्रेन्चाइज क्रिकेटलाई राष्ट्रिय प्रतियोगिताको रुपमा स्वीकृती […]

ईपीएल आयोजना गर्न क्यानले स्वीकृति नदिएपछि सर्वोच्चमा रिट दायर

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एभरेस्ट प्रिमियम लिग (ईपीएल)को आगामी संस्करणका लागि स्वीकृति नदिएपछि आयोजक संस्था ईपीएल प्रालिले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । ईपीएलले विहीबार वक्तव्य जारी गरी क्यानलाई विपक्षी बनाएर अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेको जनाएको छ । सर्वोच्चमा बुधबार रिट दायर भएको हो । क्यान आफैँले फ्रेन्चाइज क्रिकेट […]

क्यानले धोका दिएको ईपीएलको आरोप, क्यान भन्छः ‘हामी व्यवस्थित भएका हौँ’

नेपाल क्रिकेट संघ (क्यान) र फ्रेन्चाइजी प्रतियोगिता गर्ने एभरेष्ट प्रिमियर लिग (ईपीएल) पदाधिकारीबीच पछिल्लो समय जुहारी चलिरहेको छ । क्यान आईसीसीको निलम्बनमा परेको समयमा फ्रेन्चाइजी लिग ईपीएल आयोजना भएको थियो । ईपीएलसँगै धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग पनि आयोजना भएको थियो । तर, पछिल्लो समय ईपीएलले घोषणा गरेको प्रतियोगितालाई मान्यता नदिने क्यानको कदमप्रति ईपीएल आयोजकले दुःख व्यक्त गरेका छन् । नेपाली क्रिकेट निलम्बन भएको समयमा आफूहरुले क्रिकेटलाई चलायमान बनाएको तर अहिले क्यानले आफूहरू

ईपीएल रोकिएकोप्रति असन्तुष्टि

काठमाडौं (अस) । एभरेष्ट प्रिमियर लिग (ईपीएल) आयोजनाका लागि स्वीकृति नदिएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)प्रति असन्तुष्टि प्रकट गरिएको छ । सोमवार ईपीएल प्रालिले आयोजना गरेको पत्रकार सम्मेलनमा फ्रेन्चाइज टिम मालिकहरूले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । ईपीएल फ्रेन्चाइज टिमका मालिकहरूले पाँचौं संस्करण आयोजनाका लागि प्रयास गरेका थिए । तर क्यानले प्रतियोगिता गर्न स्वीकृति दिएको छैन ।  उनीहरूले क्यानलाई असहयोग गर्ने चेतावनीसमेत दिएका छन् ।  उनीहरूले क्यानले ईपीएल आयोजना हुन नदिएर खेलाडीहरूको अवमूल्यन गरेको समेत जिकीर गरे । नेपाली क्रिकेट निलम्बनमा परेको समयमा समेत ईपीएल आयोजना गरी क्रिकेटलाई गतिशील बनाएर खेलाडीको उत्थानमा सहयोग पुगेको यथार्थलाई अहिले क्यानले बिर्सेको उनीहरूको भनाइ छ । ईपीएल सन् २०१६ देखि आयोजना हुँदै आएको छ । ईपीएलसँगै धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग गरी तीनओटा फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता पनि आयोजना हुँदै आएका छन् । ईपीएल फ्रेन्चाइज टिम ललितपुर प्याट्रियट्सका मालिक किशोर महर्जनले क्रिकेटको विकासमा ठूलो योगदान गर्ने लक्ष्यमा क्यानको निर्णयले धक्का लागेको बताए ।

क्यानलाई वहिस्कार गर्ने ईपीएल फ्रेन्चाइज टिमहरुको चेतावनी

९ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को पाँचौं संस्करण आयोजनाका लागि स्वीकृति नदिएको भन्दै ईपीएलका फ्रेन्चाइज टिमका मालिकहरुले क्यानले आयोजना गर्ने अन्य प्रतियोगिताहरुमा असहयोग गर्ने चेतावनी दिएका छन् । सोमबार ईपीएल प्रालीले गरेको पत्रकार सम्मेलनमा ६ मध्ये ५ फ्रेन्चाइज टिम मालिकहरु उपस्थित थिए । उनीहरु सबैले नेपाल क्रिकेटको विषम परिस्थितिमा […]

पाँचौं संस्करणको ईपीएल कार्तिक २६ गतेबाट

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको पाँचौं संस्करण आगामी कार्तिक २६ गतेबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता कार्तिक २६ देखि मंसिर १० गतेसम्म आयोजना गर्न स्वीकृत दिएको हो ।ईपीएलका संस्थापक तथा सीईओ आमिर अख्तरले यो संस्करणको ईपीएल अघिल्ला वर्षहरुभन्दा निकै रोमाञ्चक हुने बताएका छन् । नेपाली क्रिकेटलाई बलियो बनाउने आधार नै ईपीएल भएकाले यसको बेग्लै महत्व भएको अख्तरले बताए ।यस्तै विश्वभरका दर्शक र पहुँच बनाउन ईपीएलको यस संस्करण मुख्य भारतीय टिभी नेटवर्क, पाकिस्तान, बंगलाद