क्यानलाई वहिस्कार गर्ने ईपीएल फ्रेन्चाइज टिमहरुको चेतावनी

९ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को पाँचौं संस्करण आयोजनाका लागि स्वीकृति नदिएको भन्दै ईपीएलका फ्रेन्चाइज टिमका मालिकहरुले क्यानले आयोजना गर्ने अन्य प्रतियोगिताहरुमा असहयोग गर्ने चेतावनी दिएका छन् । सोमबार ईपीएल प्रालीले गरेको पत्रकार सम्मेलनमा ६ मध्ये ५ फ्रेन्चाइज टिम मालिकहरु उपस्थित थिए । उनीहरु सबैले नेपाल क्रिकेटको विषम परिस्थितिमा […]

सम्बन्धित सामग्री

क्यानको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं (अस) । एभरेष्ट प्रिमियर लिग (ईपीएल)ले नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । ईपीएलद्वारा बिहीवार जारी प्रेस विज्ञप्तिअनुसार क्यानले फ्रेन्चाइज क्रिकेटलाई राष्ट्रिय प्रतियोगिताको रूपमा स्वीकृति नदिने निर्णय गरेकाले त्यसविरुद्ध रिट दायर गरिएको हो । यसअघि क्यानले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘नेपाल टी–२०’ लिग आयोजना गर्ने निर्णय गरेको थियो । क्यानको उक्त निर्णयविरुद्ध ईपीएलका टिम मालिकहरूले प्रतियोगिता आयोजनाको स्वीकृति नपाए क्यानका सबै कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका थिए । त्यसपछि क्यानले ईपीएलको चेतावनीप्रति खेद प्रकट गरेको थियो । साथै क्यानको बोर्ड बैठकले नेपालमा एकमात्र आधिकारिक लिग हुने, अन्य लिगलाई राष्ट्रिय लिगको मान्यता नदिने र क्षेत्रीय लिगको व्यवस्था गर्ने निर्णय गरेको थियो । ईपीएलको विज्ञप्तिमा क्यानका बारेमा धम्कीपूर्ण ढंगले सार्वजनिक टिप्पणी दिइएको भन्ने आरोप अस्वीकार गरिएको छ ।

ईपीएल आयोजना हुन नदिए क्यानका प्रतियोगितामा सहयोग रोक्ने चेतावनी

काठमाडौं । एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेटका फ्रेन्चाइजहरुले नेपाल क्रिकेट संघ-क्यानले नेपाल टी-२० बाहेकका प्रतियोगितालाई मान्यता नदिएको प्रति ध्यानाकर्षण भएको बताएका छन् । प्रतियोगिता आयोजक आमिर अख्तरसहित सहभागी हुने फ्रेन्चाइजका मालिकहरूले सोमबार अपराह्न पत्रकार सम्मेलन गर्दै ईपीएल रोकिए क्यानले आयोजना गर्ने प्रतियोगिताहरूमा सहयोग रोक्ने चेतावनी दिएका छन् । यसअघि नेपाल टी-२० आयोजना हुन थालेपछि नेपालमा […]

ईपीएलमा आवद्ध व्यवसायिक संस्थाले क्यानसँग कुनै सहकार्य नगर्ने चेतावनी

काठमाडौँ – 'एभरेष्ट प्रिमियर लिग' (ईपीएल)  क्रिकेटलाई सहयोग गर्दै आएका निजि व्यावसायी क्षेत्रले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने प्रतियोगितामा कुनै किसिमको सहकार्य नगर्ने चेतावनी दिएको छ । क्यानले नेपाल टी-ट्वान्टी लिग घोषणा गर्नुकासाथै नेपाल टी-ट्वान्टी लिग स्तरकै अन्य क्रिकेट लिग नेपालमा आयोजना ...

ईपीएलमा आवद्ध व्यवसायिक संस्थाले क्यानसँग कुनै सहकार्य नगर्ने चेतावनी

काठमाडौँ – 'एभरेष्ट प्रिमियर लिग' (ईपीएल)  क्रिकेटलाई सहयोग गर्दै आएका निजि व्यावसायी क्षेत्रले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने प्रतियोगितामा कुनै किसिमको सहकार्य नगर्ने चेतावनी दिएको छ । क्यानले नेपाल टी-ट्वान्टी लिग घोषणा गर्नुकासाथै नेपाल टी-ट्वान्टी लिग स्तरकै अन्य क्रिकेट लिग नेपालमा आयोजना ...