माओवादीको प्रस्तावित नयाँ विधान : केन्द्रीय समिति २९९, महिला ३५ प्रतिशत अनिवार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको अन्तरिम विधान संशोधन गर्ने भएको छ । संशोधित नयाँ विधानमा पार्टीको केन्द्रीय समिति बढीमा २९९ सदस्यीय बन्ने भएको छ ।  मंगलबार बसेको स्थायी समिति बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय समितिमा पेश गर्नेगरी पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार संशोधित विधानमा केन्द्रीय कमिटीदेखि वडा सम्मका सवै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य व्यवस्था गर्ने निर्णय स्थायी समिति बैठकले गरेको छ ।  त्यस्तै माओवादीको केन्द्रीय कमिट

सम्बन्धित सामग्री

१९९ जनाको केन्द्रीय समिति बनाउँदै माओवादी

काठमाडौँ : नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति १९९ सदस्यीय बनाउने निर्णय गरेको छ।पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको स्थायी समिति सदस्य हितबहादुर तामाङले जानकारी दिए।प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव थियो तर विधान अधिवेशनले संख्या बढाएर १९९ बनाउने निर्णय पारित गरेको हो।कार्यालय ११ जनाको बनाउने, स्थायी कमिटी केन्द्रीय समितिको एक तिहाइ सदस्य संख्याको बनाउने निर्णय भएको पनि उनले बताए।पार्टीका सबै तहका समिति निर्वाचन

राप्रपा केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनको आलोचना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चालु केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्लेनले विधान मिचेर निरंकुश कार्य गरेको भन्दै युवा केन्द्रीय सदस्यहरुले विरोध जनाएका छन्। अध्यक्षले विधान मिचेर केन्द्रीय सचिवालय गठन गरेको, हालसम्म...

पार्टी विधान संशोधन गर्न माओवादीले बोलायो केन्द्रीय समिति बैठक

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुक्रबार साँझ बस्ने गरी बोलाइएको छ । पार्टी विधानका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले केन्द्रीय समिति बैठक बोलाएको नेताहरुले बताएका छन् । नेता देव गुरुङले पार्टी विधान लगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको बताए । ‘केही प्राविधिक कुराहरुमा छलफल र निर्णय गर्नुपर्ने भएकाले बैठक बोलाइएको हो । त्यसमा विधान संशोधन पनि पर्न सक्छ ।’ उनले भने। धेरैजसो नेताहरु उपत्यका बाहिर भएकाले बैठक भर्चुअल रुपमा बस्नेगरी बोलाइएको केन्द्रीय

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।  बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यक्रम रहेको कार्यालय...

माओवादी केन्द्रीय समिति बैठकबाट राजनीतिक र विधान संशोधन प्रस्ताव पारित

नेकपा माओवादी केन्द्रको बैठकले राजनीतिक र विधान संशोधन प्रस्ताव पारित सर्वसम्मतिले पारित गरेको छ । शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डद्वारा पेस भएको  दुबै प्रतिवेदन सर्वसम्मतिले पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले गठबन्धन सरकारलाई सफल बनाउँदै पूर्ण कार्यकाल प्रतिनिधिसभा चलाउने गरी लागिपर्न अपिल पनि गरेको छ ।

माधवबिनाको एमाले केन्द्रीय समिति बैठक सुरु

नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकमा माधव नेपाल समूहको भने सहभागिता छैन । यसअघि आजै बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।  एमालेले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरेसँगै विधान संशोधन प्रस्ताव ल्याएको हो ।केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि प

यस्ता छन् नेकपा एमालेको १३ औँ केन्द्रीय समिति बैठकका निर्णयहरु

नेकपा एमालेले आगामी साउन २५ गते विधान अधिवेशन गर्ने भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा शुक्रबार र शनिवार बसेको १३ औ केन्द्रीय समिति बैठकले अगामी साउन २५, २६ र २७ गते काठमाडौँमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो । विधान अधिवेशनमा पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा सङ्गठनात्मक प्रस्ताव, सङ्गठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र नेता रामबहादुर थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय

एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं। नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। दिउँसो ३ बजेपछि बस्ने बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने, पार्टी विधान संशोधन गर्न विधान सम्मेलन तोक्ने लगायत विषयमा छलफल हुने बताइएको छ।शुक्रबारको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन दुई दिने अल्टिमेटम दिएको थियो। नेपाल पक्ष भने बैठकमा सहभागी छैन।