जनकपुर । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताएका छन् ।मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीभित्र भने निर्णय नभएको बताए । वर्तमान सरकारले आफूहरूको माग सम्बोधन गर्ने विषयमा प्रतिबद्धता नजनाएसम्म सरकारमा जाने कुनै सम्भावना नरहेको समेत उनले प्रस्ट पारे ।उनले वर्तमान सरकारमा सामेल हुनका लागि नागरिकता सम्बन्धी मुद्दा सम्बोधन, मधेस