बागलुङमा उत्पादित आधुनिक मौरीघार भारतमा निर्यात

भदौ २८, बागलुङ । बागलुङमा उत्पादित आधुनिक मौरीघार छिमेकी राष्ट्र भारतमा निर्यात हुन थालेका छन् । बागलुङ नगरपालिका–१२, अमलाचौरमा रहेको बलेवा मौरीपालन उद्योगले उत्पादन गरेका घार भारतको सिक्किममा निर्यात हुन थालेका छन् । सिक्किमको कृषि विज्ञान केन्द्रले यहाँ उत्पादन भएका घार खरीद गरेर त्यहाँका किसानलाई उपलब्ध गराउन थालेको हो । सार्वजनिक सूचनामार्फत् मूल्यसूची माग गर्दा स्थानीय कम्पनीसँग प्रतिस्पर्धा गरेको उद्योगले घार उपलब्ध गराउने जिम्मेवारी पाएको थियो ।  पहिलो चरणमा २२६ घारका लागि विज्ञान केन्द्रले माग पठाएकाले निर्यात प्रक्रिया थालेको उद्योग सञ्चालक जीवनबाबु खत्रीले बताए । ‘पत्रिकामा आएको सूचनाका आधारमा मूल्यसूची पेश गरेका थियौं, हाम्रो घारको गुणस्तर र मूल्य दुवै सारभूत भएको भन्दै हामी छनोटमा परेको सूचना आयो’, खत्रीले भने, ‘त्यहाँको सरकारी निकायले नै हाम्रो घर किसानलाई बाँड्ने भएपछि माग थप बढ्ने छ ।’  अहिले पनि भारतबाटै मौरीका घार नेपाल आइरहेको अवस्थामा यहाँ उत्पादित घार भारतीय किसानको घर घरमा पुग्नु आफ्ना लागि सुखद पक्ष भएको खत्री बताउँछन् । ‘सुन्दै आएको छु, वार्षिक रुपमा नेपालमा ४० देखि ५० हजार मौरीघार भारतबाट आयात हुन्छन्, सहज वातावरण हुने हो भने आयात घटाएर निर्यात गर्न सकिन्छ’, उनले भने । टुनीको काठबाट बनेका घरको माग बढी छ । पहिलो पटक भारत निर्यात गर्न थालेको सो उद्योगले नेपालबाट भन्सार पार गाराउन पुर्‍याउनु पर्ने प्रक्रिया भने झण्झटिलो रहेको जानकारी दिएको छ । ‘युवाहरु किन यहाँ काम हुँदाहुँदै विदेशिन्छन् भनेर बल्ल बुझ्दै छु, घार बनाउन गाह्रो छैन्, तर विक्री गर्ने प्रक्रियाले बनाउँदाको भन्दा तीन गुणा बढी झण्झट व्यहोर्नु पर्‍यो’, खत्रीले भने, ‘वातावरण सहज भए हाम्रो उत्पादन पनि विदेश निर्यात हुने रहेछ ।’ उद्योगमा नौ जना कालीगढले घार बनाउने काम गर्छन् । नेपालमा मात्रै खपत हुने गरेका मौरिघार विदेशमा समेत माग हुँदा उत्पादन र रोजगारी दुवै बढ्ने खत्री बताउँछन् । वार्षिक एक हजार दुई सय घार उत्पादन गर्दै आएको सो उद्योगले पोखराबाट टुनीको काठ खरीद गरेर घार बनाउने गरेको छ । मूल्य प्रतिघार रू. तीन हजारदेखि रू. तीन हजार ६०० सम्म रहेको छ । ‘यो जिल्लावासी र देशकै लागि सुखद कुरा हो, छिमेकी मुलुकमा हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्न पाउनु’, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई भन्छन्, ‘वैज्ञानिक रुपमा उत्पादन भएका घार निर्यातमा हामी सहयोग गर्छौं ।’ उद्योगले मौरीसहितका घारलाई भने आठ हजार ५०० मा विक्री गर्ने गरेको छ ।  १०० घार मौरी रहेको उद्योगमा वार्षिक हजारौं लिटर मह उत्पादन हुन्छ । बलेवा मौरीपालन उद्योगमा उत्पादित मह प्रतिकिलो रू. एक हजारमा बजारमा विक्री हुने गरेको छ । रासस

सम्बन्धित सामग्री

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

१० भदौ, गल्याङ । स्याङ्जाको वालिङ नगरपालिका-८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित  छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताए । ‘हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका […]

दगाममा उत्पादित मह विदेश निर्यात

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ र २ दगाममा उत्पादित मह विदेश निर्यात हुन थालेको छ । यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन् । प्राकृतिक मौरीपालन समूहमा आबद्ध कृषकले उत्पादन गरेको मह मलेसिया, बेल्जियम र हल्याण्ड निर्यात गर्न थालिएको समूहका सचिव नन्दु थापा मगरले जानकारी दिए । उनका अनुसार ती देशहरुमा बढीमा तीन […]

दगाममा उत्पादित मह विदेश निर्यात

दमौली, १८ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका १ र २ दगाममा उत्पादित मह विदेश निर्यात हुन थालेको छ । यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन् । प्राकृतिक मौरीपालन समूहमा आबद्ध कृषकले उत्पादित गरेको मह मलेसिया, बेल्जियम र हल्याण्ड निर्यात गर्न थालिएको समूहका सचिव नन्दु थापामगरले जानकारी दिए । उनका अनुसार […]

नेपालमा उत्पादित हस्तकला विदेशमा निर्यात गर्नेबारे छलफल

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच नेपालमा उत्पादित मौलिक हस्तकलाका सामाग्री विदेशमा निर्यात तथा प्रवर्द्धनका लागि अन्तरक्रिया भएको छ । मन्त्रालयको सहजीकरणमा एनआरएनए र हस्तकला महासंघका

विदेश निर्यात हुन थाल्यो नेपालमा उत्पादित क्यान्सरको औषधी

काठमाडौं : नेपालमा उत्पादन भएको क्यान्सरविरुद्धको औषधीका माग अन्तरराष्ट्रिय बजारमा पनि हुन थालेको छ। निजी क्षेत्रबाट नेपालमा पहिलो पटक टिजिग फर्माले उत्पादन गरेको क्यान्सरको औषधी भारतीय बजारमा निर्यात हुन थालेको हो।टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यका अनुसार भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा विभिन्न प्रकारका क्यान्सरको उपचार गराइरहेका बिरामीले भारतको औषधी निकायको स्वीकृतिमा टिजिग फर्माबाट उत्पादित क्यान्सरको औषधी प्रयोग गरिरहेको बताए। निकट भविष्यमा औषधी अफ्रिकी देश

पैंचो पसल प्रालीद्वारा उत्पादित वस्तु अमेरिकामा निर्यात हुने

काठमाडौं । पैंचो पसल प्रालीद्वारा उत्पादित नेपाली ब्राण्डका वस्तु संयुक्त राज्य अमेरिकामा निर्यात हुने भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच पैंचो पसल प्राली र अमेरिकामा कार्यालय रहेको फेन्सी हाउस इन्कसँग पैंचोले उत्पादन गरेका वस्तु अमेरिका निर्यात गर्ने सम्झौता भएको हो । पैंचो र फेन्सी कम्पनीबीच सम्झौता भएसँगै अब नेपालको ग्रामीण क्षेत्रका कृषिजन्य उत्पादनलाई प्रशोधन […]

जुम्लाको स्याउ निर्यात

जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ। यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ।...

उत्पादित अर्ग्यानिक मल विदेश निर्यात गर्ने योजनामा विराटनगरका कृषक

मोरङ – मोरङको ग्रामथान गाउँपालिकास्थित लखन्तरीका कृषक ढुण्डीराज ढकाललाई उत्पादित अर्ग्यानिक मल विदेश निर्यात गर्ने योजनाले सधैँ कोट्याइरहन्थ्यो। दश वर्षअघि गाउँपालिका–१ स्थित लखन्तरीमा विराट बायो टेक नामबाट अग्र्यानिक मल उत्पादन गर्दै आएका ढकाल धेरै नसके पनि भारतसम्म नेपाली अर्ग्यानिक मल लैजान सके पहिलो चरणको सफलता मान्नेतर्फ लक्षित थिए। तर, उनले त्यसबारे कुनै भेउ पाउन सकेका […]

कालीगण्डकीको बिजुली पनि आजदेखि भारत निर्यात

२१ जेठ, काठमाडौं । कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत शनिबारदेखि भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिहीबारदेखि त्रिशुली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक करिब ३९ मेगावाट विद्युत निर्यात […]

पाल्पामा उत्पादित छुर्पी अमेरिका निर्यात

पाल्पा । पाल्पाको तानसेनमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । गाईको दूधबाट उत्पादित वार्षिक १० मेट्रिकटन छुर्पी निर्यात हुने गरेको छ । यहाँ उत्पादित छुर्पी पोखरा, काठमाडौं हुँदै अमेरिका निर्यात हुँदै आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. चन्द्रबहादुर रानाले बताए । अमेरिकामा कुकुरलाई आहाराका रूपमा खुवाउने गरिएकाले यहाँ उत्पादित छुर्पी काठमाडौंमा संकलन गरी अमेरिका पठाउने गरिएको उनको भनाइ छ । पाल्पा पछिल्लो वर्ष दूध र मासुमा आत्मनिर्भर बनेको छ । जिल्लामा उत्पादित भैंसीको दूधको खपत सहजरूपमा हुँदै आएको छ । गाईको दूधको माग न्यून हुँदा खपतमा समस्या भएपछि सहकारी तथा निजी डेरी छुर्पी उत्पादनमा आकर्षित भएका हुन् । तानसेन नगरपालिकाको बसपार्कका टीकाराम खरालले उत्पादित दूधले उचित मूल्य नपाएपछि इलाम गएर छुर्पी उत्पादन गर्न सिकेका थिए । स्थानीयस्तरमा उत्पादित गाईको दूध खपत गर्न कृषक खरालले २०७६ सालदेखि तानसेन नगरपालिका–७ काजीपौवा गोरस घर तथा जय किसान डेरी स्थापना गरेका थिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा चीज तथा छुर्पी उत्पादन गरिँदै आएको छ । उत्पादित दूध सहजरूपमा खपत गर्न जिल्लाका अन्य स्थानमा पनि छुर्पी उत्पादन हुन थालेको छ । ‘छुर्पी खाऊँ, सुर्ती हटाऊँ’ भन्ने अभियानका साथ सञ्चालित उद्योगले अहिले स्वदेशमै आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सृजना गरेको छ । दूधको विविधीकरण गर्न थप जनशक्ति आवश्यक पर्ने भएकाले छुर्पी उद्योगमा २० युवाले रोजगारी पाएका छन् । दूधको नयाँ–नयाँ परिकार उत्पादनसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सृजना भएको छ । जिल्लाको तानसेन र रामपुर नगरपालिकाभित्र सञ्चालित छुर्पी उद्योगबाट तीन हजार किसान लाभान्वित भएका छन् । रासस