काठमाडौं, १९ माघ । आधारभूत तहका जनताको जीवनसँग जोडिएको अत्यावश्यक वस्तु इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको छ । नेपाल आयल निगमले माघ १८ गते मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको मुल्यबृद्धि नेपाल तत्काल फिर्ता लिन यातायात स्वतन्त्र मजदूर संगठनले माग गरेको हो । […]