सञ्चालकलाई ३ वर्ष कैद र ७ अर्ब ४३ करोड मागदाबी गर्दै कोलाकोलाविरुद्ध मुद्दा दायर

अमेरिकी बहुराष्ट्रिय ‘सफ्ट ड्रिङ्‌क्स’ उत्पादक कम्पनी कोकाकोलाका उत्पादन गरिरहेको नेपाली कम्पनी बोटलर्स नेपाल लिमिटेडविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको छ । ७ अर्ब ४३ करोड जरिवाना र सञ्चालकलाई ३ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको विभागले जानकारी दिएको हो ।नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एशियाले शतप्रतिशत शेयर सन् २०१४ अक्टोबर २४

सम्बन्धित सामग्री

मेलम्ची भ्रष्टाचारमा ४ पूर्वसचिव र बहालवाला सहसचिवसहित १८ विरुद्ध मुद्दा

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा नेपाल सरकारका चार पूर्वसचिव र एक बहालवाला सहसचिवसहित १८ विरुद्ध पौने ७ अर्ब रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको छ ।

मेलम्ची आयोजनामा पौने ७ अर्ब भ्रष्टाचार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा ६ अर्ब ८० करोड ६९ लाख ४० हजार रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा तत्कालीन चार सचिवसहित १५ जना र तीनवटा निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ।

बोटलर्स नेपालविरुद्ध कर छलि मुद्दा, ७ अर्ब ४३ करोड बिगो दाबी

काठमाडौं । झण्डै चार अर्ब कर छलि गरेको आरोपमा बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ राजश्व छलि गरेको अभियोगमा आज उच्चअदालत पाटनमा मुद्दा दायर गरेको हो । कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टबीच शेयर कारोबार हुँदाको समयमा बोटलर्स नेपाल […] The post बोटलर्स नेपालविरुद्ध कर छलि मुद्दा, ७ अर्ब ४३ करोड बिगो दाबी appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोकाकोला उत्पादक कम्पनी बोटलर्सविरुद्ध कर छलीको मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । कोकाकोलाको उत्पादक कम्पनी बोटलर्सविरुद्ध विभागले शुक्रबार उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोडको पूँजीगत लाभ कर छली मुद्दा दायर गरेको हो । विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ बराबरको कर तथा बिगो दावी मुद्दा दायर […]

कोकाकोला विरुद्ध लाभकर छली गरेको आरोपमा साढे ७ अर्ब विगो दावी गर्दै मुद्दा दायर

फागुन २७, काठमाडौं। सरकारले कोकाकोला पेय पदार्थको नेपाली वितरक बोटलर्स नेपालविरुद्ध मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान विभागले बोटलर्स नेपालले पूँजीगत लाभकर छली गरेको आरोपमा उक्त कम्पनी विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो । बोटलर्स नेपालले पूँजीगत लाभकर बापत ३ अर्ब ७१ करोड ८१ लाख रुपैयँ बढी छली गरेको विभागको ठहर छ ।  विभागले शुक्रवार विज्ञप्ति जारी गरेर बोटलर्स नेपालविरुद्ध ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ विगो दावी गर्दै मुद्दा दायर गरिएको जानकारी गराएको छ । विभागले बोटलर्स नेपालको स्वामित्व परिवर्तन गर्दा पूँजीगत लाभकर छली गरेको आरोप लगाएको छ ।

कोका-कोलाविरुद्ध ७ अर्ब ४३ करोडको मुद्दा दायर

बहुराष्ट्रिय कम्पनी कोका-कोलाविरुद्ध ७ अर्ब ४३ करोड बिगो दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले आज कोकाकोला बिरुद्द मुद्दा दायर गरेको हो।कोलाकोलाले आफ्नो सेयर स्वामित्व परिवर्तन गर्दा नेपाललाई तिर्नुपर्ने पुंजीगत लाभकर नतिरेको भन्दै मुद्दा दायर भएको हो। विभागले बोटलर्स नेपालमा अधिकांश सेयर स्वामित्व रहेको दुवईस्थित कम्पनी कोका–कोला साब्को एसियाको शतप्रतिशत सेयर कोका–कोला साब्कोले आयरल्यान्डमा रहेको युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा सेयर स्वामित्व परिवर्तन गरेको थियो। तर त्यसबापत नेपालले यहाँको कानुनअनुसार पाउनुपर्ने पुँजीगत लाभकर नतिरेपछि मुद्दा दायर गरेको हो। बोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता सेयरको स्वतन्त्र बजार मूल्य ३ हजार ८ सय ८३ रुपैयाँ हुने र सोमा कोका–कोला साब्कोको प्रतिकित्ता सेयर खरिद मूल्य ५३६ रुपैयाँलाई लागतको रुपमा घटाउँदा ३ हजार ३ सय ४७ रुपैयाँ प्रतिकित्ता पुँजीगत लाभ हुने बिभागको अनुसन्धानबाट खुलेको छ।विभागकाअनुसार  कोकाकोला साब्को एसियाको बोटलर्स नेपालमा रहेको सेयर संख्या १४ लाख ८४ हजार ३ सय १ को बिक्रीबापत जम्मा ४ अर्ब ९६ करोड ७९ लाख ५५ हजार ४ सय ४७ रुपैयाँ पुँजीगत लाभ हुँदा त्यसमा आयकर ऐन २०५८ को अनुसूची १ को दफा २ (१) बमोजिम २५ प्रतिशतका दर १ अर्ब २४ करोड १९ लाख ८८ हजार ८ सय ६२ रुपैयाँ लाग्छ। त्यस्तै सोहि ऐनको दफा ७ (१) बमोजिमको शुल्क (०.१ प्रतिशत)का दरले हुने ३ करोड ४१ लाख ९ सय ५० रुपैयाँ सोही ऐनको दफा ११८ बमोजिम ब्याज १५ प्रतिशतका दरले हुने ९ करोड ७८ लाख ६ हजार ६ सय २२ रुपैयाँ तथा सोही ऐनको दफा ११९ बमोजिमको ब्याज १५ प्रतिशतका दरले हुने १ अर्ब १० करोड २२ लाख ६५ हजार ११५ रुपैयाँ र सोही ऐनको दफा १२० (ख) बमोजिमको शुल्क १ अर्ब २४ करोड १९ लाख ८८ हजार ८ सय ६२ समेत गरी कुल बिगो ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ हुन आउने विभागले जनाएको छ। त्यसमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २ को उपदफा (छ १) बमोजिम बिगो बराबरको राजस्व चुहावट भएको विभागले जनाएको छ।सोही अनुसार बिगो कायम गरी विभागले बिगोको शतप्रतिशत जरिवाना समेत गरी कुल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुल गर्न र कम्पनीका प्रदीप पाण्डे, पुनीत चन्द्रपाल वष्र्णे, राजीव टण्डन, भरतबाबु दाहाल, सुमित गोयल, अशोक कुमार मण्डल, डा. त्रिलोचन उप्रेती तथा सञ्जीव कुमार मिश्रलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ (झ) र दफा २३ (३) को कसुरमा सोही ऐनको दफा २३ (३) बमोजिम सजाय हुन मागदाबी लिई अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ। विभागले बोटलर्स नेपाल लिमिटेडका शुक्ला वासान, मेल्भिन तान चुन पिन, मोहम्मद अमिन गोनेम, गौरव खोस्ला, सन्दीप बजोरिया, देवव्रत मुखर्जी, सुमन्त दत्त, जवाहर सोएली कुपुस्वामी र संकेत रायलाई पनि प्रतिवादी बनाएको छ। केही समयअघि सरकारी वकिलको कार्यालयले कर छली गरेको विषयमा राजस्व अनुसन्धान विभागलाई आफ्नो राय दिएको थियो। विभागले मागेको साढे ५ महिनापछि कार्यालयले नेपालमा कोका–कोला बिक्रीवितरण गर्ने बोटलर्स नेपालविरुद्धको अनुसन्धानमा आफ्नो राय प्रदान गरेको थियो।विभागले गत वर्ष मंसिरमा गरेको अध्ययनले बोटलर्स नेपालले राजस्व छली गरेको निष्कर्ष निकालेको हो। उक्त निष्कर्षसहितको अध्ययन रिपोर्ट गत भदौमा सरकारी वकिल कार्यालयलाई बुझाएर राय माग गरिएको थियो। यसअनुसार दुई हप्ता अघि कार्यालयले विभागलाई यसबारे आफ्नो राय प्रदान गरेको हो।अर्बौँ रुपैयाँ पुँजीगत लाभकर छली गरेको र त्यहीअनुसारको जरिवाना तथा बिगो कायम गरी मुद्दा चलाउन मनासिब हुने सरकारी वकिलको कार्यालयले प्रदान गरेको राय अनुसार मुद्दा दायर गरेको हो।कम्पनीको ७५ प्रतिशत लगानीयुक्त सेयर स्वामित्व ६ वर्षअघि नै परिवर्तन भएको खुलेको छ। विदेशी लगानीकर्ताले सो जानकारी कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभाग र कर कार्यालयलाई समेत गराउनुपर्नेमा अहिलेसम्म गराएका छैनन्।स्वामित्व परिवर्तन हुँदा नेपालको आयकर ऐनअनुसार २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ। उक्त किनबेच आजभन्दा ६ वर्षअघि अर्थात् सन् २०१४ मा भएको समेत अनुसन्धानमा देखिएको छ।  नेपालमा लगानी रहेको सेयर बिक्री हुँदा पुँजीगत लाभकर लाग्नेमा कम्पनीले स्वामित्व परिवर्तन हुँदा कर छली गरेको अनुसन्धानले देखाएको हो। अर्बौँ राजस्व छली गरेको कोका–कोला उत्पादन गर्ने बोटलर्स नेपालले कर नतिर्न यहीबीचमा लगानी थप गर्ने समेत प्रस्ताव ल्याएको छ।कोका–कोलाको हाल चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ छ। कोका–कोलाले वार्षिक ५ अर्ब रुपैयाँबराबरको कारोबार गर्ने गरेको छ।  बोटलर्स नेपालमा ३ किसिमका लगानीकर्ता छन्। यसमा ७५ प्रतिशत विदेशी लगानी छ भने २२ प्रतिशत लगानी नेपालकै खेतान समूहको छ। बाँकी सर्वसाधारणको लगानी छ।

बोटलर्स नेपालविरुद्ध ७ अर्बको राजस्व छलीको मुद्दा

काठमाडौँ – बोटलर्स नेपाल लिमिटेडको सेयर बिक्रीमा पुँजीगत लाभकर छली भएकोमा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ बिगो र जरिवाना दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । बोटलर्स नेपालको सेयर २०७१ कात्तिक ७ मा दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाले आयरल्यान्डको यूरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा पुँजीगत लाभ कर नति...

बाेटलर्स नेपालविरुद्ध साढे ७ अर्ब रुपैयाँ कर छली मुद्दा

काठमाण्डाै – सरकारले बोटलर्स नेपालविरुद्ध सात अर्ब ४३ करोड रुपैयाँभन्दा धेरै बिगो दाबी गर्दै पुँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ ।  राजस्व अनुसन्धान विभागले आज शुक्रवार उच्च अदालत पाटनमा बाेटलर्सविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख आठ सय २२ रुपैयाँ बराबरको कर तथा बिगो दाबी मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो । बोटलर्स नेपालविरुद्ध पुँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो । बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा प...