फागुन २७, काठमाडौं। सरकारले कोकाकोला पेय पदार्थको नेपाली वितरक बोटलर्स नेपालविरुद्ध मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान विभागले बोटलर्स नेपालले पूँजीगत लाभकर छली गरेको आरोपमा उक्त कम्पनी विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
बोटलर्स नेपालले पूँजीगत लाभकर बापत ३ अर्ब ७१ करोड ८१ लाख रुपैयँ बढी छली गरेको विभागको ठहर छ ।
विभागले शुक्रवार विज्ञप्ति जारी गरेर बोटलर्स नेपालविरुद्ध ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ विगो दावी गर्दै मुद्दा दायर गरिएको जानकारी गराएको छ । विभागले बोटलर्स नेपालको स्वामित्व परिवर्तन गर्दा पूँजीगत लाभकर छली गरेको आरोप लगाएको छ ।