कलिला बालबच्चाका लागि सम्पूर्ण संसार भनेकै आफ्नो घर हो । घरमा हुने गतिविधिको सिको गर्दागर्दै उनीहरु हुर्किन्छन् । घरमा बोलिने भाषा, शैली, लवजमा उनीहरु क्रमशः अभ्यस्त हुन थाल्छन् । यसैगरी घरमा गरिने गतिविधि, क्रियाकलापको सिको गर्न थाल्छन् । यसरी घरसँग उनीहरु अभिन्न रुपमा जोडिन पुग्छन् । घरमा उनीहरुसँग सबैभन्दा नजिकका हुन्छन्, आमा र बुवा । […]