खोटाङ- काम छाडेर ठेकेदार बेपत्ता भएपछि पुष्पलाल (मध्य पहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकले खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक खण्ड मर्मत सुरु गरेको छ । पुष्पलाल मध्य पहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङ–सेखुवा सडक खण्ड कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभी, काठमाडौँ सम्पर्कविहीन बनेपछि स्वयं कार्यालयले मर्मत सुरु गरेको हो । वर्षाको समयमा झरेको पहिरो पन्छाएर निर्वाध […]